धादिङ / पानी नपरेर खेतवारीमा लगाएको खेतीवाली सुक्दै जान थालेपछि र नयां बाली लगाउन नपाएर हैरान भएका धादिङ जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानहरुले खोलामा १ लाख ८ हजार पिपलकोपात वगाएर पानीको लागि महादेव भगवानसंग पुकारा गरेका छन ।
धादिङ जिल्लाको साङकोष,मुरलीभञ्ज्याङ,नीलकण्ठ,सुनौलावजार लगायतका गाविसका किसानहरु आज ( शुक्रवार ) धादिङबेसी पुछारवजारका आंँसी र थोपलखोला दोभानमा जम्मा भई १ लाख ८ हजार पिपलकोपात संकलन गरि पुजापाठ गर्दै खोलामा बगाएका हुन । हरेक पातमा ॐ कार लेख्दै १ लाख ८ हजार पिपलकोपात खोला या नदीमा बगाउंदा महादेव खुसी भएर पानी पारिदिने जनविश्वास रहेको बुढापाकाहरुको भनाई छ । धादिङबेसी पुछारवजारमा जम्मा भएका किसानहरुले भगवानको जयजयकार ‘‘गर्दै हरहर मादेव पानी देउ देउ’’भन्ने नारा लगाउंदै जलधारा समेत गरेका थिए ।
यो बर्ष समयमै पानी नपरेपछि धादिङ जिल्लाको अधिकांश गाउंवस्तिमा खेतीवाली सुकेर नष्ट हुन थालेको छ । पानी नपरेका कारण अझैपनि जिल्लाका धेरै गाउं वस्तिमा मकै छर्न नपाईएको किसानहरुले बताएका छन । पानी नपरेर खेतीवाली विग्रन थालेपछि भगवानलाई पुकारा गर्दा पानी पर्ने जनविश्वास रहेको भन्दै हरेक बर्ष खडेरी परेको बेला जलधारा मनाएर एकआपसमा पानी छ्यापाछ्याप गर्ने, पुजापाठ गर्ने, १ लाख ८ हजार पिपलकोपातमा ॐ कार लेखेर खोला या नदीमा बगाउने प्रचलन रहेको बुढापाकाहरुले बताए । संयोग नै मान्नु पर्छ शनिवार राती केहि हल्का बर्षा समेत भएको थियो ।



No comments:
Post a Comment