Saturday, May 26, 2012

स्वास्थ्य व्यवस्थापन तालिम


धादिङ / ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थाहरुको सृदृढिकरण गर्ने उद्देश्यले धादिङको ज्यामरुङमा सञ्चालित तीन दिने तालिम शनिवार सम्पन्न भएको छ ।
जिल्लाको ज्यामरुङ उपस्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य संस्था व्यवस्थापन सुदृढिकरण तालिममा स्वास्थ्य चौकिमा कार्यरत, र व्यवस्थापन समितिमा रहेका समेत गरी १८ जना सदस्यको सहभागिता रहेको थियो ।
    जिल्ला स्वास्थ्य कार्यालय धादिङ र युनाईटेड मिसन टु नेपाल धादिङ क्लष्टरको संयुक्त आयोजनमा सञ्चालित तालिममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक कृष्णबहादुर पौडेल र ज्ञानबहादुर दाहाल एवं युनाईटेड मिसन टु नेपालका शुष्मा राजबंशी र कल्पना भट्टराईले स्वास्थ्य व्यवस्थापन सुदृढ गर्ने विभिन्न विषयका बारेमा अवगत गराएका थिए ।    युनाईटेड मिसन टु नेपाललले जिल्लाका ज्यामरुङ, सल्यानकोट, गुम्दी, झार्लाङ, सत्यदेवी, मार्पाक समेत गरी ६ वटा गाविसमा स्वास्थ्य क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैविच सो संस्थाले ती ६ गाविसमा स्वास्थ्य व्यवस्थापन कार्यक्रमको लागि प्रत्येक गाविसमा अक्सिजन सिलिण्डर सहित १ लाख बराबरको सामग्री उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर पौडेलले बताए ।
    यसैविच ज्याम्रुङ उप स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लम्सालको अध्यक्षतामा भएको तालिम समापन समारोहमा उपस्वास्थ्य चौकिका प्रमुख रामविनय साहले ज्यामरुङको स्वास्थ्य संस्थालाई अझै गुणस्तरीय बनाउने बताएका थिए  । व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लम्सालले देउसी भैलो तथा घरदैलो कार्यक्रमबाट संकलन भएको ४ लाख रुपैंयाले उपस्वास्थ्य चौकिको नाममा ३ रोपनी ६ आना जग्गा खरिद गरिएको समेत बताए ।

No comments:

Post a Comment

vfhcnbn

vggc