केशव अधिकारी
आग्राखोला/खोलामा मेशिनको प्रयोग बढ्दै जांदा धादिङ जिल्लाको विभिन्न खोला र नदी किनारमा मजदुरी गर्दै आईरहेका विपन्न मजदुरहरु पेशावाट विस्थापित हुन थालेका छन ।
धादिङ जिल्ला भित्रका खोला र नदीवाट निकालिने ढुङ्गा,गिट्टि,वालुवा लगायतका प्राकृतिका श्रोतहरुको उत्खननका लागि ठूला मेशिनको प्रयोग गर्न नपाइने व्यवस्था भएपनि जिल्लामा मेशिनको प्रयोग रोकिन नसक्दा मजदुरहरु समस्यामा परेका हुन । मजदुरहरु जिल्लावाट विस्थापित हुनेक्रम संगै उनिहरुको परिवारमा आर्थिक तथा खाद्यसंकट समेत बढ्दै जान थालेको बस्नेतले बताए । एउटै ठाउंमा बसेर काम गर्न नपाउंदा मजदुरका वालवालिकाको पढाई समेत विग्रने गरेको पनि खाद्यअधिकार जिल्ला सञ्जाल धादिङका अध्यक्ष गोकर्ण रुपाखेती बताउनुहुन्छ ।
देशका ३३ जिल्लाका गरिव तथा विपन्न समुदायको मजदुरीका लागि सुरक्षित स्थल मानिएको महादेववेसी आसपासको आग्राखोला र महेशखोलामा मेशिनको प्रयोग बढ्न थालेपछि अशक्त,बेसहारा वाहेकका अन्य मजदुरहरु अन्यत्र लागिसकेका छन । आग्रा खोला किनारमा अहिले पनि ५ सयको हाराहारीमा मजदुरहरु रहेका छन । सार्वजनिक श्रोतमा गरिव तथा विपन्न वर्गको पहुंच पुग्न नसक्दा धनीमानीहरुको रजाई बढ्दै गएको र गरिवहरु विहान बेलुका छाकटार्न नसक्ने अवस्थामा पुगेको रुपाखेतीले बताउनुभयो ।
मेशिनको प्रयोगले गरिव तथा विपन्न वर्गको खाद्यअधिकार गुम्नुका साथै नदी र खोलाहरुमा मेशिनवाट जथाभावी खनिने खाल्डाहरुले दुर्घटना बढाउने गरेको छ । नदी खोलामा प्राकृतिक श्रोत उत्खननका लागि मेशिन प्रयोग गंिरदा भएका खाल्डाहरुमा डुवेर चार बर्षको अवधिमा आठ जनाको ज्यान गईसकेको त्रिशुली बचाउ साझा अभियानले बताएको छ । धादिङ जिल्लाका नदी तथा खोलाहरुमा बढ्दै गएको प्रदुषण,अतिक्रमण र प्राकृतिक श्रोत माथिको दुरुपयोग रोकथामका लागि दवावमुलक अभियान सञ्चालन गर्दै आईरहेको त्रिशुली बचाउ साझा अभियानले नदी तथा खोलाहरुमा उत्खनन गर्न रोक्नुपर्ने बताउंदै आईरहेको छ ।
प्राकृतिक श्रोतको बितरण सबैका लागि समान हुनुपर्ने भएपनि धनीमानीले मेशिनको प्रयोग गरेर वाताबरणिय प्रदुषणका साथै गरिव माथि शोषण गरिरहेकोले सामापजक न्यायका लागि आंफुहरुको अभियान केन्द्रित रहेको त्रिशुली बचाउ सझा सञ्लाजका संयोजक उत्तम कंडेलले बताए । मजदुरहरुलाई कामवाट विस्थापित गराउन खोला र नदीमा मेशिनको प्रयोग संगै सार्वजनिक जग्गा ( खोला किनार र बगर) लाई भागवण्डा गरेर मजदुरसंग जवरजस्ति रकम असुली गर्ने समुहका कारण पनि धादिङ जिल्लाको खोला र नदीमा काम गरिरहेका मजदुरहरु मर्कामा पर्दै गएको खाद्यअधिकारकर्मिहरुको भनाई छ ।
खोला र नदीमा मेशिनको प्रयोग रोक्न स्थानीय प्रशासन र जिल्ला विकास समितिले केहि पहल गरेको भएपनि अधिकांश व्यवसायीहरुले रातीको समय पारेर खोलाहरुमा मेशिन प्रयोग गर्ने र दिनभरि मेशिन नचलाउने गर्दै आईरहेको त्रिशुली बचाउ साझा सञ्जालले जनाएको छ । जिल्ला विकास समिति धादिङले यो बर्ष देखि जिल्ला भित्रका कुनै पनि खोला नदी र अन्य प्राकृतिक श्रोत उत्खनन गर्न ठुला मेशिनको प्रयोगमा प्रतिवन्ध लगाएको छ । धादिङ जिल्ला विकास समितिले चालु आर्थिक बर्षमा जिल्ला वाट निकासी हुने ढुङ्गा वालुवा,गिट्टिबाट करिव १० करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्यका साथ ठेकेदार कम्पनिलाई जिम्मा दिएकाले प्राकृतिक श्रोत माथिको अतिक्रमण र दुरुपयोग बढ्दै गएको त्रिशुली बचाउ साझा सञ्जालका संयोजक कंडेल बताउनहुन्छ ।



No comments:
Post a Comment