धादिङ/ ग्रामीण सडकमा पर्ने धादिङ जिल्लाको पिडा गाविसको वडा नम्बर ३ खहरेखोलामा तरकारी बोकेर बजार तर्फ आउंदै गरेको ब टाटा मोवाइल पल्टिंदा एक जनाको ज्यान गएको छ । सोमवार दिउंसो ११ वजे तिर भएको सो दुर्घटनामा परि नौ जना घाइते भएका छन । पिडा गाविसको मुलखर्कबाट पृथ्वीराजमार्गको आदमघाट आउंदै गरेको बा ८ च १८३० नम्बरको टाटा मोवाइल अनियन्त्रित भई सडकछेउमा पल्टिंदा मोटरधनी पिडा गाविस ५ का २८ बर्षिय बिष्णु घिमिरेको ज्यान गएको हो । दुर्घटनामा परि नौ जना घाइते भएका छन । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाण्डौ पठाईएको छ । ग्रामीण सडक भएका कारण मोटर अनियन्त्रित भई उक्त दुर्घटना भएको वताईएको छ ।
दुर्घटनामा परि अमर आले मगर,केशर भण्डारी,सविता भण्डारी, हिरावहादुर भण्डारी,दिपा भुजेल,अमित भण्डारी,जनक बडुवाल,हरि पण्डित,कपिल पण्डित रहेका छन ।



No comments:
Post a Comment