सुनौलावजार / वित्तिय पहुंच नपुगेका तथा बैङ्कका शाखा नभएका ठाउंमा मेशिनमार्फत एजेण्टको सहायताले गरिने बैकिङ सेवा बुधवार देखि धादिङ जिल्लाको पुरानो सदरमुकाम धादिङबेसीमा पनि शुरु भएको छ ।
सुनौलावजारमा रहेको मेगा वैंक शाखारहित सेवाको स्थानीय व्यावसायिक प्रतिनिधि कृष्णकुमार श्रेष्ठ रहेका छन् । स्थानीय व्यावसायिक प्रतिनिधिबाट उपकरणको प्रयोगबाट मेगा शाखारहित कार्ड, आवाजबाट आउने सुचना तथा जानकारी, ग्राहकहरुको औंठा छापबाट कारोवारको प्रमाणिकरण तथा कारोवारको लिखित जानकारीलाई संयुक्तरुपमा प्रयोग गरी सुरक्षित बनाइएको वैंकका कार्यकारी अधिकृत शाहले वताए ।
शाखारहित वैंकिङ अन्तर्रगत आफ्नै घरआंगनमा बाटै ग्राहकले सुरक्षित रुपमा रकमझिक्न र जम्मा गर्न सकिन्छ । एउटा खाताबाट अर्को रकम स्थानन्तरण, मोवाइर्ल रिचार्ज, विल भुक्तानी रेमिट्यान्स, व्यालेन्स इसोधपुछ, मिनि स्टेट्मेन्ट आदी सुविधा रहेको र हरेक कारोवारको विल कम्प्युटर प्रिन्ट हुने कार्यक्रममा जानकारी गराईएको थियो । हलो देखि हाईड्रो सम्म भन्ने आकर्षक नारा लिएर अघि बढेको मेगा बैंकर्ले ग्रामीण भेगका वासिन्धालाई आधुनिक बैंकिङ सेवा दिने उद्देश्यले माइक्रो वैकिङलाई विशेष प्रथमिकता दिएको बताईएका छ । व्यावसायिक घराना देखि मझौला र साना व्यावसायलाई प्राथमिकता दिएका कारण बैकमा ६७ हजार भन्दा बढी ग्राहक रहेको वैकका प्रवद्र्धक रामेश्वर सापकोटाले बताए । ९५ बर्ष सम्म सदरमुकाम रहेको सुनौलावजारवाट २०३२ सालमा सदरमुकाम धादिङबेसीमा स्थानान्तरण भएपछि सुनौलावजार ओझेलमा पर्दै आईरहेको छ ।



No comments:
Post a Comment