Wednesday, May 30, 2012

वडा नागरिक मञ्च सामाजिक कार्य सक्रिय


धादिङ /जिल्लाको तामाङ र दलितहरुको बाहुल्यता रहेको धुँवाकोट गाविसका वडा नागरिक मञ्चका पदाधिकारीहरु सामाजिक कार्यमा सक्रिय भएका हुन थालेका छन् । वडा नागरिक मञ्चका पदाधिकारी तथा सदस्यहरु आफ्नो वडाका सामाजिक सुरक्षा भत्ता वितरणमा सहयोग गर्ने तथा बालबालिकाहरुको जन्मदर्ता जस्ता सामाजिक कार्यमा सक्रिय भई गाविसलाई सहयोग गरिरहेका छन् ।
गाउँ विकास समितिको कार्यालय धुँवाकोट, तथा महिला समूह,प्रयास नेपाल धादिङको सक्रियता तथा गाविस सचिव धन बहादुर नेपालीको नेतृत्वमा गाउँ गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण तथा जन्म दर्ता कार्य सञ्चालन भईरहेको छ ।
    नेपाली नागरिकको पहिचानको पहिलो दस्ताबेज जन्म दर्ता भएको र जन्मेको ३५ दिन भित्रमा आफ्ना छोराछोरीहरुको जन्म दर्ता गर्नु पर्ने कुरा स्थानीय अभिभावकहरुलाई जानकारी नभएको पाईएकाले अभियानको रुपमा जन्म दर्ता कार्यक्रम संचालन गरिइको वडा नं ३ का नागरिक मञ्चका संयोजक यम बहादुर श्रेष्ठले बताउन भयो । जिल्ला विकास समिति स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत गठित वडा नागरिक मञ्चहरुको सक्रियताले स्थानीय स्तरमा उपभोत्ता समिति गठन,योजना समयमा नै सम्पन्न गर्न सहयोग पुगेको जिल्ला विकास समितिका सहजकर्ता ललित कुमार शाहले बताउनु हुन्छ ।
    धुँवाकोटमा गठन भएका वडा नागरिक मञ्चले यस अघि बिद्यालय भर्ना अभियानमा समेत सक्रियताका साथ भूमिका निर्वाह गरी सबै बडाका बालबालिकाहरुलाई बिद्यालयसम्म ल्याउनको लागि क्रियासिल भएको प्रयास नेपाल धादिङका सामाजिक परिचालक पार्वती तामाङले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc