धादिङबेसी/सदरमुकाम धादिङवेशिमा गत शनिबारदेखि सञ्चालन भएको ५ दिने सहकारी लेखा व्यवस्थापन तालिम बुधबार सम्पन्न भएको छ ।
तालिम समापनको क्रममा बोल्दै कार्यक्रमका प्रमुख आतिथि समेत रहनुभएको डिभिजन सहकारी कार्यालय धादिङका सहकारी निरीक्षक महेश्वर ढकालले तालिमले सहकारी लेखामा दरिलो इट्टा थपेको बताउनुभयो ।
जिल्ला सहकारी सघं लिमिटेड धादिङका सचिव गंगादत्त तिमल्सिनाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहारा महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष पार्वती खाडँ, जिल्ला बचत तथा ऋण सहकारी सस्थांका अध्यक्ष कृष्णलाल उप्रेतीे, प्रशिक्षक गोपीकृष्ण भण्डारीको आतिथ्य रहेको थियो । तालिममा विभिन्न सहकारी सस्थांमा कार्यरत २४ जना व्यक्तिहरको सहभागिता रहेको थियो । सहभागिहरुलाई राष्ट्रिय सहकारी सघंका प्रशिक्षक गोपीकृष्ण भण्डारीले सहकारी लेखा व्यवस्थापनको बारेमा जानकारी गराउनु भएको थियो। तालिम जिल्ला सहकारी सघं लिमिटेड धादिङ, वचत तथा ऋण सहकारी लि धादिङ र राष्ट्रिय सहकारी सघं लि काठमाण्डौले संयुक्त रुपमा तालिमको आयोजना गरेको हो ।
No comments:
Post a Comment