Friday, June 1, 2012

खडेरी बढ्दै गएपछि खेतको मकै काटियो



धादिङ, १९ जेठ ः लामो समयसम्मको खडेरीले गर्दा खेतमा लगाएको मकै सुकेर मर्न थालेपछि धादिङ रिचोकटारका किसानले मकै काटेर वस्तुलाई खुवाउन थालेका छन ।
    लगातारको खडेरीले धादिङ जिल्लाका अधिकांश गाउं वस्तिका किसान मर्कामा परेका छन । खडेरी बढ्दै जांदा खेतमा लगाईएको मकै र तरकारी सुकेर मर्न थालेको छ भने वारीमा मकै छर्न नपाउंदा जिल्ला अधिकांश किसानहरुलाई यो बर्ष भोकमरी लाग्ने चिन्ताले सताउन थालेको छ । बढ्दै गएको खडेरीले गाउं गाउंमा खानेपानीको मुहान सुक्दै गएपछि गाउं वस्तिमा  पिउने पानीको अभाव शुरु भएको छ भने गाई भैसी पालेर बसेका किसानहरुले बस्तुलाई खुवाउन पानीको जोहो गर्न समेत नसकेको बताएका छन । धादिङ जिल्लाको अधिकांश बस्तिमा बैशाख महिना लागेदेखिनै पानी परेको छैन । बैशाख महिना अघि फाट्टफुट्ट बर्षा भएपनि थत बर्षको मंसिर पछि जिल्लामा पानी नपरेको किसानहरुले बताएका छन ।
    यसै बिच बढ्दै गएको खडेरीवाट आजित भएका किसानहरुले पुजाआजा र नाचगान  गर्दै जलधारा मनाएर महादेव संग पानी पारिदिन पुकारा गरेका छन । बेनिघाट गाविसको वडा नम्बर २ मा रहेको कालिका सामुदायिक वन उपभोक्ता समुहले शुक्रवार रिचोकटार,जनगाउं लगायतका वस्तिमा पञ्चैवाजा वजाउंदै किसानको घर घरमा गएर एक आपसमा पानी छ्याप्दै पानीका लागि भगवान संग पुकारा गरेका थिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc