धादिङ,/ अर्गानिक तरकारी तथा फलफुलको माग सर्वत्र हुन थालेपछि धादिङका तरकारी उत्पादक किसानहरुले रासायनिक मलको प्रयोग गर्न छाडेर व्यवसायिक रुपमा अग्र्यानिक तरकारी उत्पादन गर्न थालेका छन् ।
रासायनिक मल तथा बिषादीको प्रयोगबाट तत्काल आयआर्जन लिन सकिने भएपनि यसवाट तरकारी उत्पादक किसान देखि उपभोक्ता सम्मको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएपछि किसानहरुले आफ्नो खेतीगर्ने शैलीमा परिवर्तन ल्याई बिषादीरहित तरकारी उत्पादनका लागि व्यवसायिक रुपमा पशुपालन व्यवसायको प्रवर्धन समेत गर्न थालेका छन् । रासायनिक मल र बिषादीको प्रयोगलाई कमि गराउन धादिङ जिल्लाका विभिन्न गाविसका किसानले ४ सयभन्दा बढी उन्नत जातका गाई पालन गर्दै आईरहेको गैरसरकारी संस्था फोकस नेपाल धादिङका अध्यक्ष हेमराज छत्कुलीले बताए । उन्नत जातका गाई पालनबाट किसानले दोहोरो फाइदा लिइरहेको पनि छत्कुलीको भनाई छ । राजधानी र देशका अन्य ठुला शहरको नजिक भएका कारण धादिङ जिल्लामा उत्पादित तरकारीले बजारको अभाव झेल्नु नपरेको व्यवसायिक किसानहरुको भनाई छ । किसानले व्यवसायिक रुपमा अग्र्यानिक खेती थालेपछि धादिङ जिल्लामा कृषि पर्यटनको सम्भावनासमेत बढेको उद्योग बाणिज्य संघका अध्यक्ष सुवेदी बताउंछन । धादिङको सलाङ गाविसलाई कृषि पर्यटनमा आधारित पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सलाङ सानाकिसान कृषि सहकारी संस्थाको सकृयता र अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुंदै आईरहेको छ । विभिन्न अध्ययनहरुवाट निस्किएको तथ्याङक अनुसार काठमाडौं उपत्यकालाई चाहिने तरकारी मध्ये करिव ३० प्रतिशत तरकारी धादिङ जिल्लाले पूति र्गर्दै आएको छ । त्यसबाहेक यहां उत्पादित तरकारी पूर्वपश्चिमका विभिन्न जिल्लामा समेत सजिलै संग पुग्ने गरेका छन् ।
मौसमी र बेमौसमी तरकारी उत्पादनमा अग्रणी मानिएको धादिङ जिल्लालाई विषादीमुक्त बनाउन विभिन्न गैरसरकारी संस्था यसक्षेत्रमा कार्यरत रहेको फोकस नेपालका अध्यक्ष छत्कुली बताउंछन । ‘जिल्लामा उत्पादित तरकारीलाई स्वस्थ र स्वच्छ बनाउन ती संस्थाहरु प्रयासरत रहेको छत्कुलीको दावी छ । धादिङको तरकारीको पहिचान फेरिएर जिल्लाभर बिषादीरहित तरकारी उत्पादन हुन सकेमा स्थायी बजार विस्तार हुने बिज्ञहरुको भनाई छ । पछिल्लो समयमा धादिङमा तरकारी खेतीका लागि विभिन्न बैङकहरुले पनि लगानी गर्न थालेका छन । केहि महिना अघि मात्र धादिङ जिल्लामा शाखा स्थापना गरेर बैकिङ सुविधा दिंदै आईरहेको मेगा बैङक लिमिटेड, धादिङ शाखाले कृषि क्षेत्रलाई नै कन्द्रित गरी माइक्रो बैङकिङ सुविधा शुरु गरेको बैङकका शाखा प्रबन्धक राजेन्द्र पाण्डेले बताए । बैङकले विभिन्न क्षेत्रमा समूह बनाएर समूहकै जमानीमा विनाधितो किसानलाई कर्जा प्रवाह गरिरहको पनि शाखा प्रबन्धक पाण्डेले बताए ।



No comments:
Post a Comment