Friday, June 1, 2012

नलाङमा प्रहरी चौकी स्थापना

नलाङको बैरेनीमा स्थापना गरिएको प्रहरी चौकी उदघाट्नको एक झलक ।
तस्बिर : नेत्रावती अनलाइन 


धादिङ, १९ जेठ/धादिङको नलाङ गाउं विकास समितिको वडा नम्बर ७ बैरेनीमा शुक्रवार देखि प्रहरी चौकी स्थापना गरिएको छ ।
धादिङबेसी मलेखु सडक खण्डमा बढ्दै गएको सवार िदुर्घटना र अन्य घटनाहरुको न्युनिकरणका लागि प्रहरी मार्फत जनचेतना अभियान सञ्चालन गर्न र सर्वसाधरणलाई शान्ति सुरक्षाको अनुभुति दिन प्रहरी चोकीको स्थापना गरिएको हो ।
    धादिङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले शुक्रवार एक कार्यक्रमका बिच प्रहरी चौकीको उदघाटन गरेका हुन । नलाङ प्रहरी चौकीले नलाङ,सलाङ,र कुम्पुर गाविसका केहि भागलाई आफ्नो कार्यक्षेत्र वनाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नलाङ प्रहरी चोकी समेत गरि धादिङमा प्रहरी युनिटको संख्या २७ पुगेको छ । प्रहरी चौकी उदघाटन कार्यक्रममा पमुख जिल्ला अधिकारीका साथै  धादिङका प्रहरी नायव उपरिक्षक गणेश रेग्मी,नेकपा एमालेका जिल्ला नेता जगन्नाथ तिमिल्सिना,नेपाली कांग्रेसका युवा नेता बद्रि अर्याल लगायतले सम्वोधन गर्दै प्रहरी एक्लैले मात्र शान्ति सुरक्षा कायम गर्न नसक्ने भएकाले नागरिक र प्रहरी बिच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc