धादिङ, २२ जेठ/ आईतबार सांझ पख आएको हुरी वतासले धादिङ जिल्लाको विभिन्न स्थानमा ठुलो हानी नोक्सानी पु¥याएको छ । आईतवार दिउंसो ४ वजे तिर आएको हुरी बतासले सल्यानकोट,मुलपानी र आगिञ्चोक गाविसको तीन दर्जन भन्दा बढि घर बिद्यालय र सामाजिक संस्थाहरुको घरको छाना उडाएको हो ।
त्यसै गरि आगिञ्चोक गाविसको सुन्दरी मावि,मुलपानी गाविसको मुलपानी उपस्वास्थ्य चौकी,महेन्द्रोदय उच्च मावि,खाल्टे गाविसको प्रकाश माविमा पनि हुरी वतासले छाना उडाएर क्षती पु¥याएको वताईएको छ । बिद्यालयमा कक्षा सञ्चालन भईरहेको बेला एक्कासी चलेको हुरी बतासले छाना उडाएपछि अधिकांश बिद्यालयहरुमा भागदौडनै मच्चिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका उपाध्यक्ष नारायण तिमिल्सिनाले वताए । हुरी बतासले जिल्लाको अन्य गाविसमा पनि क्षती पु¥याएको जानकारी आईरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले जनाएको छ । जिल्लाका सवै रेडक्रस युनिटहरुबाट आईतवारको हुरी वतासवाट भएको क्षती र हानी नोक्सानीको तथ्याङक अभिलेख गर्र्ने काम शुरु भईसकेकाले दुई दिन भित्रमा क्षतीको सम्पूर्ण बिबरण आईसक्ने पनि रेडक्रस धादिङका उपाध्यक्ष तिमिल्सिनाले बताएका छन ।
हुरी वतासवाट सर्वसाधरणको घर गोठका साथै बिद्यालय,सामाजिक संस्थाहरुको छानो उडाउनुका साथै फल दिईरहेको लिचि,आंप,नासपाती,सुन्तला,आरु निुबुवा लगायतका फलफुलको वोट भांचिनुका साथै फल झरेर ठुलो हानी नोक्सानी पुगेको किसानहरुले वताएका छन । छाना उडाएको अधिकांश बिद्यालयमा पढाई संञ्चालन गर्न समस्या भएको बिद्यालयहरुले वताएका छन ।



No comments:
Post a Comment