Monday, June 4, 2012

जोगिमाराका ३ परिवारले राहत पाएनन



धादिङ, २२ जेठ/ राज्यको उपेक्षाका कारण कालिकोट जिल्लाको कोटवाडा सुन्थराली विमानस्थल निर्माणका क्रममा २०५८ सालमा सेनावाट मारिएका धादिङ जोगिमाराका तीन परिवारले अझैपनि राहत पाउन सकेका छैनन ।

    मजदुरीका लागि कालिकोट पुगेका धादिङ जोगिमाराका १७ जना मजदुरहरु २०५८ साल फागुन १२ गते माओवादीको आरोपमा मजदुरी गरिरहेको अवस्थामा सेनावाट एकै ठाउंमा मारिएका थिए । घटनामा धादिङ,गोरखा,सिन्धुपाल्चोक लगायतका विभिन्न जिल्लाका गरि ३३ जना मजदुर मारिएका थिए । घटनामा मारिएका मध्ये १७ परिवार धादिङ जिल्लाका मात्र भएपनि ती मध्ये १४ परिवारले हाल सम्म राज्यवाट ३ लाख रुपैया राहत स्वरुप प्राप्त गरिसेका छन भने सोहि घटनामा परेका ३ परिवारले भने अहिले सम्म एक पैसा पनि सहयोग पाउन सकेका छैनन । कालिकोट घटनामा छोरा मारिएपछि बिचल्लीमा परेका जोगिमारा गाविस वडा नम्बर ५ गोतराङका ६५ बर्षिय सुकदेउ चेपाङले राहत पाउने आस गर्दा गदै शुक्रवार आंफै बितेका छन । सुकदेउका एक मात्र छोरा बिल्ला चेपाङ पनि कालिकोटमा मारिएका थिए । सुकदेउले मात्रै होइन दुई भाई छोरा मारिएका जोगिमाराकै राजकुमार श्रेष्ठ र अर्का एक गुरुङ परिवारले पनि अहिले सम्म राहत पाउन सकेका छैनन ।
    शशस्त्र द्धन्द्धका क्रममा राज्यवाट मारिएकाहरुलाई दश लाखका दरले क्षतिपुर्ति दिने सरकारी घोषणा कागजमै सिमित भईदिंदा कालिकोट घटनाका पिडित १७ परिवार मध्ये १४ परिवारले निकै लामो संघर्ष पछि अहिले सम्म ३ लाख रुपैया नगद सहयोग पाएको नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङले वताए । सहयोग पाउन बांकि रहेका परिवारको लागि पटक पटक पहल गर्दा पनि जिल्ला प्रशासन कार्यालयमा तीन परिवारको लागि अहिले सम्म रकम निकासा हुन नसकेको पनि चेपाङले वताए ।
    केन्द्रवाट अभिलेखिकरण गरेर पठाईएको नाम र रकम प्राप्त हुनासाथ आंफुहरुले सम्वन्धित व्यक्तिलाई  बितरण गर्दै आईरहेको  जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । कालिकोट घटनामा मारिएका सबै गरिब परिवारका सदस्यहरु भएका कारण उनिहरुको जिवनचर्या निकै कष्टकर बन्दै आईरहेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc