Monday, June 4, 2012

चिनिझार खेतीका लागि धादिङ जिल्ला उपयुक्त

 धादिङ /(स्टेभिया) चिनिझार खेतीका लागि धादिङ जिल्ला  उपयुक्त जिल्ला रहेको विज्ञहरुले बताएका छन् ।
चिनिरोग लागेकाहरुलाई समेत फाइदा पु¥याउने चिनिझार खेतीको लागि आवश्यक हावा पानी र वातावरण रहेकोले धादिङ जिल्लामा यसको व्यवसायिक खेती गर्न सकिने विज्ञहरुले बताएका हुन् ।
आम्दानी र स्वास्थ्यका लागि फाइदाजनक चिनिझार राम्रोसंग खेती गर्न सके अन्य बालीहरुबाट भन्दा बढि फाइदा लिन सकिने चिनिझार व्यवसायिकरण कार्यक्रमका कार्यक्रम संयोजक डि.पि. सिखंडाले बताउनुभयो ।
गुलियो पात हुने अनौठो प्रकारको यो वनस्पति चिनिको सट्टामा प्रयोग गर्न सकिन्छ भने विभिन्न रोगहरुको निधानका लागि यो प्रयोग हुँदै आएको छ । धादिङ जिल्ला लगायत देशका दक्षिणी नदि किनार, टार, बेसी तथा घाम लाग्ने स्थान र १५ देखि ३५ डिग्री सेल्सियस भन्दा माथी तापक्रम भएको र बलौटे माटो भएको स्थानहरुमा यसको खेती गर्न सकिने सिखंडाले बताउनुभयो ।
यो झार अम्लियपन र छारियपनको मात्रा उचित भएको र समुद्री सतहबाट १५ सय मिटर सम्मको उचाईका स्थानहरुमा खेती गर्न सकिन्छ । वर्षमा ५ पटकसम्म उत्पादन लिन सकिने चिनिझारले धान मकै कम उत्पादन हुने जग्गाबाट पनि राम्रो उत्पादन दिने चिनिझारको प्रचार प्रसार गर्दै आएको हिपात हर्बस एण्ड एग्रोटेक प्राइभेट लिमिटेडले जनाएको छ । सो कम्पनीले धादिङमा यो खेती हुने स्थानहरुको पहिचान गरेको छ ।
चिनिझारको सेवनले रक्तचाप कम गर्ने, चिनि वा सुगर रोग कम गर्ने, आमासयको दुखाई कम गर्ने, एन्टिक्यान्सर हर्मनको विकास गर्ने, मोटोपन घटाउने, रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने र सबै प्रकारको भिटामिन पाइने कम्पनीका अध्यक्ष दिपक न्यौपाने बताउनुभयो ।
नेपाल लगायत अन्तराष्ट्रिय बजारहरुमा महङ्गो मुल्यमा सजिलै विक्रि हुने चिनिझार धादिङ, मकवानपुर, चितवन, नवलपरासी, बाँके, बर्दिया, झापा, मोरङ लगायतका जिल्लाहरुमा उत्पादन गर्न सकिने उहाँको भनाई छ । पात चिनि भन्दा २० गुणा गुलियो हुने चिनिझारको डाँठ गाई, बंगुर, बाख्रा लाई दानाको रुपमा प्रयोग गर्दा दुध र मासुको उत्पादनमा समेत वृद्धि हुने कम्पनीका प्रमोद न्यौपानेले बताउनुभयो ।
चिनिझारको व्यवसायिक खेती गर्नको लागि धादिङको कटुञ्जे गाउँ विकास समितिका किसानहरुलाई तालिम दिइसकेको हिपात हर्बस एण्ड एग्रोटेच प्रालिले जनाएको छ ।



No comments:

Post a Comment

vfhcnbn

vggc