आदमघाट । वन संरक्षणको जिम्मेवारी पाएका व्यक्तिनै बन विनाशमा लागिरहेको आरोप बढ्दै गएको बेला धादिङको आदमघाट नजिकैवाट शशस्त्र प्रहरीले विहीवार राती सामुदायिक बनका अध्यक्ष सहित ७ जनालाई चोरीको काठ सहित पक्राउ गरेको छ ।
बनवाट काठ काटी विक्रि वितरण गर्न लैजांदै गर्दा राजमार्ग गस्तिमा रहेको सशस्त्र प्रहरी वल आदमघाटको टोलीले बैरेनी गाविस वडा नम्बर ७ को मेघलडे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामचन्द्र पुलामी सहित ७ जना पक्राउ परेका हुन । विहीवार राती ९ वजे तिर ट्रकमा राखेर राजमार्ग तर्फ काठ ल्याउंदै गर्दा गस्तिमा रहेको शसस्त्र प्रहरी टोलीले शंका लागि चेक जांच गर्दा काठ चोरी निकासी गर्न लागेको तथ्य खुलेको हो । स्थानीय बिद्यालयको लागि फर्निचर बनाउन भन्दै काठ ल्याईएको र उपभोक्ता समितिले बिद्यालयलाई काठ दिएको निर्णयको प्रमाण माग्दा समितिले दिन नसकेपछि सशस्त्र प्रहरी बलले १६ थान काठ र व्यक्तिलाई नियन्त्रणमा लिई छानविन शुरु गरेको सशस्त्र प्रहरी वल आदमघाटका शसस्त्र प्रहरी नायव उपरिक्षक शम्भुजंग शाहले जानकारी दिए ।
काठ सहित समातिएका वन समुहका अध्यक्ष लगायतलाई वोलाएको बेला हाजिर हुने शर्तमा कागज गरेर छाडिएकोले बन समितिले काठ काट्ने र बिद्यालयको नाममा काट दिने भनि निर्णय गरेको कागजपत्र तत्काल नबुझाए आवश्यक कारवाहीका लागि वन कार्यालय जिम्मा लगाइने पनि शसस्त्र प्रहरी नायव उपरिक्षक शम्भुजंग शाहले बताएका छन । जिल्ला वन कार्यालय धादिङले १ बर्ष अघि जिल्लाका कुनै पनि सामुदायिक तथा निजी बन वाट काठ काटी विक्री बितरण गर्न रोक लगाएको भएपनि चोरी निकासी भने रोकिन सकेको छैन । धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा केहि समय यता रातको समय पारी ठुलो संख्यामा काठ तस्करी हुने क्रम बढ्दै गएपनि अवैध ढंगवाट काठ ओसार पसार गर्ने व्यक्तिहरु नियन्त्रणमा आउन सकका थिएनन ।



No comments:
Post a Comment