Friday, June 8, 2012

मोटरसाइकल पल्टिंदा दुई घाइते


गल्छि । पृथ्वीराजमार्गमा पर्ने धादिङ जिल्लाको बैरेनी गाविस वडा नम्बर ८ बाईसकिलामा भएको मोटरसाइकल दुर्घटनामा परि दुई जना गम्भिर घाइते भएका छन । मुग्लिन तर्फबाट काठमाण्डौ तर्फ जांदै गरेको बा ३९ प ४७६० नम्बरको मोटरसाईकल आज ( शुक्रवार ) बेलुकी ५ वजे तिर ःपृथ्वीराजमार्गमा पर्ने धादिङ जिल्लाको बैरेनी गाविस वडा नम्बर ८ बाईसकिलामा अनियन्त्रित भई पल्टिंदा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाइते भएका हुन । घाइते अवस्थामा रहेका दुवै जनाको होस नखु्लेकाले उनिहरुको पहिचान खुल्न नसकेको बैरेनी प्रहरी चोकीले जनाएको छ । घाइते दुवै जनालाई स्थानीय गल्छि अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाण्डौ पठाईएको पनि प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc