Friday, June 8, 2012

अर्थमन्त्री संग बजेट माग्दै चेपाङ


उद्धव चेपाङ
काठमाण्डौं ।  सिमान्तकृत समुदायमा वर्गिकृत चेपाङ समुदायका प्रतिनिधी मण्डलले अर्थमन्त्रीलाई भेटेर आगामी बर्षको लागि चेपाङ लक्षित  योजना र  वजेटको माग गरेको छ ।  नेपाल चेपाङ संघको प्रतिनिधी मण्डलले अर्थमन्त्री बर्षमान पुनलाई भेटेर  आगामी बर्षको बजेट तर्जुमा गर्दा चेपाङ समुदायको बाहुल्यता रहेका गाउं विकास समितिलाई बिशेष प्राथमिकतामा राख्न आग्रह गरेका हुन ।
    नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङको नेत्तृत्वमा गएको चेपाङ प्रतिनिधी मण्डलले शुक्रवार बेलुका ५ वजे  अर्थमन्त्री पुन लाई भेटर चेपाङ समुदायको वसोवास रहेको विभिन्न जिल्लाका गाउं विकास समितिहरुमा चेपाङ लक्षित सडक,कृषि,बिद्यालय स्वास्थ्य चौकीका योजनाहरु तर्जुमा गरि बजेट विनियोजन गरिदिन आग्रह गरेको चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङले बताए ।
    यसै गरि चेपाङ समुदायको भाषा,संस्कृति संरक्षणका निम्ति चेपाङ समुदायको छुट्टै एफ एम रेडियोको व्यवस्था गरिदिन पनि चेपाङ समदायले अर्थमन्त्रीसंग आग्रह गरेको बताईएको छ । धादिङ,तनहुं,गोरखा,मकवानपुर र  चितवन जिल्लाका तीन दर्जन गाविसमा चेपाङ समुदायको वाक्लो बसोवास रहेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc