Saturday, June 9, 2012

बम विस्फोटमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता प्रदान


धादिङ/काठमाडौँको बबरमहलमा बम विस्फोटमा परी मृत्यु भएका धादिङ जिल्लाका तीनजनाका परिवारलाई कुवेतमा कार्यरत तामाङ समुदायले आर्थिक सहायता प्रदान गरेको छ । नेपाल तामाङ घेदुङले आज आयोजना गरेको रकम हस्तान्तरण समारोहमा मृतकका छोरा तथा भाइ, भतिजालाई कुवेत घेदुङका प्रतिनिधि अमृत तामाङ र नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जन तामाङले प्रतिपरिवार २८ हजार ४७० का दरले सहयोेग स्वरुप प्रदान गर्नुभयो । कार्यक्रममा घेदुङका अध्यक्ष कुमार तामाङले सरकारले लामो समयपछि घटनाका पीडित परिवारलाई १० लाख आर्थिक सहयोग दिने भने तापनि हालसम्म पीडितहरुले प्राप्त गर्न नसकेकोमा घेदुङ परिवार मर्माहत हुनपुगेको बताउँदै सरकारसमक्ष घोषित रकम अविलम्ब पीडित परिवारलाई हस्तान्तरण गर्न माग गर्नुभयो । उहाँले घाइते तथा मृतकका बालबालिकाको निःशुल्क पठनपाठन र एक परिवार एक रोजगारीको व्यवस्था गर्न पनि सरकारसमक्ष माग गर्नुभयो । बबरमहलमा गत फागुन १५ गते बम विस्फोटमा परी धादिङ बैरेनी गाविस– १ का कृष्णबहादुर तामाङ, सोही गाविस– ६ का मानबहादुर तामाङ र धादिङ पिडा गाविस– ८ का वीरबहादुर तामाङको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc