Saturday, June 30, 2012

जिल्ला होटल संघ धादिङमा नयां नेत्तृत्व


धादिङ,१६ असार/ धादिङ जिल्लाका होटल  व्यवसायीहरुको संगठन जिल्ला होटल संघ धादिङको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।
शनिवार सम्पन्न अधिवेशनले आगामी ३ वर्षका लागी अशोक अधिकारीलाई  अध्यक्ष पदमा सर्वसम्मत चयन चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा राजकुमार श्रेष्ठ र दधिप्रसाद सेढाइ, महासचिवमा विश्वराम दुवाडी, सचिवमा राजकुमार प्याकुरेल र कोषाध्यक्षमा श्यामप्रसाद लोहनी चयन भएको बताईएको छ । 
    यसैगरि अधिबेशनले कार्य समितिको सदस्यहरुमा रमेश त्रिपाठी, मुना गोतामे, रमेश दनै, कृष्णप्रसाद सिलवाल, गणेश थापा, रामचन्द्र गिरि, रामकृष्ण श्रेष्ठ र केन्द्रिय प्रतिनिधिमा नारायण सिलवाललाई  चयन गरेको  छ । अधिबेशनको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका मध्यमाञ्चल क्षेत्रिय अध्यक्ष धु्रववहादुर थापाले होटल व्यवसायीहरुले आफ्नो व्यवसायलाइ वैधानिक ढङ्गले सन्चालन गरेर गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरेका गरेका थिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc