Wednesday, June 20, 2012

राजमार्गमा साथ साथ कार्यक्रम


धादिङबेसी, ६ असार । धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा उच्च जोखिममा रहेकाहरुका  लागि एचआईभि तथा एड्स रोकथाम सम्वन्धि जनचेतनामुलक बिशेष कार्यक्रम सञ्चालन शुरु गरिएको छ ।
    युएसआईडि नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निती निर्देशन भित्र रहि चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङले साथ साथ परियोजना सञ्चालनमा ल्याएको हो । एचआईभि संक्रमणको जोखिममा रहेका समुदाय र कार्यक्रमको उद्धेश्यका वारेमा जानकारी दिन मंगलवार धादिङबेसीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 
    साथ साथ परियोजना अन्तर्गत एकिकृत एच आइ भी संक्रमित र यौनकर्मीहरुलाई सचेत बनाउने, यौन रोग रोकथाम स्याहार र उपचार तथा परिवार नियोजन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सिर्डस धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।
    एड्स विरुद्ध सचेतनाका लागि सञ्चालन गरिने सो परियोजनाको कूल बजेट ७४ लाख ९४ हजार ६ सय ७० रुपैया रहेको सिड्स धादिङले जनाएको छ । धादिङ जिल्लाको राजमार्ग आसपासका  नौविसे, थांक्रे, भुमेस्थान, बैरेनी, पिडा, गजुरी,धुषा, बेनिघाट,जोगिमारा गाविस समेत गरि ९ वटा र सदरमुकाम रहेको नीलकण्ठ गाविस समेत री १० वटा गाबिसमा कार्यक्रम लागु गरिएको सिर्डस धादिङका साथ साथ परियोजना संयोजक रोविन महर्जनले वताउनु भयो । जिल्ला एड्स समन्वय समितिका संयोजक स्थानीय विकास अधिकारी इन्दु घिमिरेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, वरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्म्मद दाउद, महिला विकास अधिकृत भुला भण्डारी लगायतले कार्यक्रम सञ्चालन गर्दा सरोकारवालाहरु समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिंदै कार्यक्रमले राखेको लक्ष्यले लक्षित वर्गलाई उपलव्धि दिनुपर्नेमा सुझाव दिएका थिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc