धादिङबेसी, ६ असार । वाढीले कुलो बगाएपछि धादिङ जिल्लाको बुढाथुम गाविसमा रहेको मनपाङखोला पांचौ जलबिद्युत्त आयोजना अबरुद्ध भई बिद्युत्त उत्पादन रोकिन पुगेको छ ।
असार २ गते राती मनपाङ खोलामा आएको वाढीले जलबिद्युत्त आयोजनाका लागि पानी लगिएको कुलोको सिमेण्टेड गरिएको खण्डको २५ मिटर बगाईदिए पछि आयोजनाबाट बिद्युत्त उत्पादन रोकिन पुगेको हो । एक बर्ष अघि ४० लाखको लागतमा निर्माण कार्य सम्पन्न भई संचालनमा आएको आयोजनावाट बुढाथुम गाविसको वडा नम्बर २,३ र ४ का १ सय १० घरपरिवारले बिद्युत्त उपभोग गर्दै आईरहेका थिए । मनपाङ खोला पांचौ लघुजलबिद्युत्त आयोजना उपभोक्ता समितिका सचिव मेघबहादुर घलेले का अनुसार बाढीले बगाएको कुलो मर्मतका लागि कम्तिमा ३ लाख रुपैया लाग्ने भएपछि आर्थिक अभावका कारण भत्किएको कुलो मर्मत गर्न नसक्दा समुदायले बिजुली उपभोग गर्न नपाउने अवस्था आएको छ ।



No comments:
Post a Comment