धादिङ,५ असार बबरमहल बम बिष्फोटमा मारिएका धादिङका तीन विपन्न तामाङ परिवारले सरकारवाट १० लाखका दरले आथिर्क सहयोग पाउने भएका छन । गएको फागुन १५ गते बबरमहलमा भएको बम बिष्फोट परेर धादिङ जिल्लाको बैरेनी गाविस वडा नम्बर ६ का मानवहादुर तामाङ, वडा नम्बर १ का कृष्णवहादुर तामाङ र पिडा गाविस वडा नम्बर ८ भष्मेखर्कका बिरवहादुर तामाङको ज्यान गएको थियो ।
बम बिष्फोटमा परेर मारिएका गरिव परिवारलाई राज्यले वेवास्ता गरेपछि पिडित परिवारको सहयोगका लागि राज्यसंग कानूनी,नैतिक, बैचारिक संघर्ष गर्न श्याम तामाङको संयोजकत्वमा बबरमहल पिडित संघर्ष समितिको गठन गरि चरणबद्ध संघर्षको कार्यक्रम सञ्चालन हुंदै आएको थियो । संघर्ष समितिको दवावमूलक आन्दोलनका कारण जेठ ३० गते गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय धादिङलाई एक पत्र पठाई बबरमहल बम बिष्फोटमा मृत्युभएकाहरुलाई प्रतिपरिवार १० लाखका दरले रकम उपलव्ध गराउन भन्दै रकम निकासा गरेपछि पिडितहरुले आर्थिक सहायता पाउने निश्चित भएको हो ।
सरकारी निकायवाट कुनै किसिमको सहयोग पाउन नसक्दा बबरमहल बम विष्फोटमा मारिएका परिवारको बिचल्ली भएको थियो । परिवारको मुली मारिएपछि बिचल्लीमा परेका पिडित परिवारलाई तत्कालिन राहत पु¥याउने उद्धेश्यले डाक्टर सुन्दरमणी दिक्षितवाट २५ हजार,रमेश भारीवाट १४ हजार ५ सय,न्यु इन्टरनेशलन एयरपोर्ट दोहा कतारमा कार्यरत सन्देश तामाङवाट ५७ हजार २ सय ९३ र नेपाल तामाङ घेदुङ कुवेतवाट ८५ हजार ४ सय १० रुपैया आर्थिक सहयोग गरिएको थियो । यसै गरि नेपाल तामाङ राष्ट्रिय महासंघवाट ४८ हजार मुल्य बरावरको तीन थान सोलार सहयोग गरिएको थियो भने कृष्णवहादुर तामाङको छोरी कमला,रश्मिता र छोरा दीपेन्द्र तामाङलाई कक्षा १२ सम्मको पढाईका लागि लाग्ने सम्पूर्ण खर्च छोरीमैया श्रेष्ठ स्मृत्ति प्रतिष्ठानले व्यहोर्ने भएको छ । तीनै जना वालवालिका गाउंकै किराञ्चोक कार्कीडांडा माध्यमिक बिद्यालयमा अध्ययनरत छन । गृह मन्त्रालयले पठाएको पत्रको प्रतिलिपी प्राप्त भएकाले अबको केहि दिनमा सवै प्रकृया पुरा गरेर पिडित परिवारलाई सरकारले तोके वमोजिमको रकम उपलव्ध गराईने धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभएको छ ।



No comments:
Post a Comment