Monday, June 18, 2012

बस र ट्रिपर जुध्दा १ को मृत्यु, २१ घाइते


धादिङ, असार ४ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको थांक्रे गाविसको जुंगेखोला नजिकै सोमवार बस र ट्रिपर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन । घाइते मध्ये तीनको अवस्था गम्भिर रहेको छ ।
सोमवार दिउंसो २.३५ वजेतिर काठमाडौबाट धादिङको महादेववेशीका लागि छुटेको बा २ ख २३०८ नम्बरको ट्रिपर र काठमाडौबाट बिरगञ्जका लागि छुटेको ना ४ ख ६१७४ नम्बरको यात्रुवस एक आपसमा ठोक्किए पछि बस सडकवाट ५० मिटर तल खस्दा बसमा यात्रा गरिरहेका २१ जना घाइते भएकोमा एक जनाको स्थानीय शिवदर्शन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
घाइतेहरु सबैलाई प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाण्डौ पठाईसकिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनामा परि बसका चालक घाइते भएका छन भने ट्रिपरको चालक फरार छन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc