| चिल्ड्रेनपार्क उच्च मावि धादिङबेसीका सन्तोष उपाध्यायलाई सोमवार धादिङबेसीमा |
धादिङ, असार ४ - यस बर्षको एसएलसी परिक्षामा ९३.३८ प्रतिशत ल्याई देशभरिकै तेश्रो बन्न सफल भएका चिल्ड्रेनपार्क उच्च मावि धादिङबेसीका सन्तोष उपाध्यायलाई सोमवार धादिङबेसीमा एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । धादिङ जिल्लाको कुम्पुर गाविस वडा नम्बर ३ परेवाटारका डोलप्रसाद र सीता उपाध्यायका जेठो छोरा सन्तोषले यस पटकको प्रवेशिका परिक्षामा धादिङबेसीको चिल्ड्रेनपार्क उच्च मावि धादिङबेसीवाट प्रवेशिका परिक्षा दिएका थिए ।
सन्तोषले ८ सय पूर्णाङ्कमा ७ सय ४७ अंक ल्याई धादिङ जिल्ला प्रथम हुनुका साथै देशभरिमै तेश्रो बन्न सफल भएको भन्दै उनले पढेको बिद्यालयले सोमवार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
सन्तोषले अनिवार्य गणितमा ९९ , बिज्ञान र ऐच्छिक गणितमा ९७–९७ त्यसै गरि अंग्रेजीमा ९२ ,नेपालीमा ८३, सोसियलमा ९०, स्वास्थ्य शिक्षामा ९५ र कार्यालय सञ्चालनमा ९४ अंक प्राप्त गरेका छन । प्रवेशिका परिक्षाको इतिहासमै पहिलो पटक धादिङ जिल्लाको बिद्यार्थी सर्वोत्कृष्ठ मध्येको तेश्रोमा परेको चिल्ड्रेनपार्क उच्च माविका संचालक समितिका अध्यक्ष शान्तबिक्रम बानिंयाले दावी गरेका छन । चिल्ड्रेनपार्क उच्च माविले सोमवार धादिङबेसीमा आयोजना गरेको बधाई तथा शुभकामना कायृक्रममा सन्तोषलाई धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी लगायतले संयुक्त रुपमा प्रशंसा पत्र र उपहार दिएर सम्मान गरेका हुन ।
कार्यक्रमा बिद्यालयवाट यस वर्षको प्रवेशिका परिक्षा उत्तिर्ण गर्न सफल २३ जनालाईनै सम्मान गरिएको थियो । चिल्ड्रेनपार्क उच्च माविबाट यो बर्ष ११ जना बिशिष्ट श्रेणीमा १२ जना प्रथम श्रेणीमा प्रवेशिका उत्तिर्ण भएका छन । धादिङ जिल्लाका १ सय २७ वटा बिद्यालयका ५ हजार ८ सय ३६ जना बिद्यार्थीले यस बर्षको प्रवेशिका परिक्षा दिएकोमा जिल्लावाट २ हजार ८ सय ७३ जना बिद्यार्थी उत्तिर्ण भएका छन । परिक्षामा उत्तिर्ण भएकाहरु मध्ये बिशिष्ट श्रेणीमा १ सय १०, प्रथम श्रेणीमा ७ सय ५३,द्धित्तिय श्रेणीमा १ हजार ७ सय ९३ र तृत्तिय श्रेणीमा २ सय ४६ जना रहेका छन । जिल्लाभरिका बिद्यार्थीहरु मध्येवाट सबैभन्दा बढी प्राप्ताङ्क ल्याउने छात्रमा चिल्ड्रेनपार्क उच्च माविका उपाध्यायले ९३.३७ प्रतिशत र छात्रा तर्फ किवो इन्टरनेशल माविकी मेनुका श्रेष्ठ ( रिता)ले ८८.७५ प्रतिशत नम्बर ल्याएर जिल्लाभरिकै छात्रा तर्फको पहिलो बन्न सफल भएका छन



No comments:
Post a Comment