धादिङ, १ असार/ यस पटकको प्रवेशिका परिक्षामा धादिङको सामुदायिक बिद्यालयको तर्फवाट जिल्लाकै सुनौलावजार गाविसमा रहेको सुनौलाभैरबी मावि शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ । १८ जना बिद्यार्थीले परिक्षा दिएकोमा ४ जना बिशिष्ठ श्रेणीमा,११ जना प्रथम श्रेणीमा र ३ जना द्धित्तीय श्रेणीमा उत्तिर्ण भएको बिद्यालयले जनाएको छ ।
सामुदायिक बिद्यालय तर्फ सुनौलाभैरबीले शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराएको छ भने संस्थागत तर्फ ९ वटा बिद्यालयले शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराएका छन । धादिङ जिल्लाका १ सय २७ वटा बिद्यालयका ५ हजार ८ सय ३६ जना बिद्यार्थीले यस बर्षको प्रवेशिका परिक्षा दिएकोमा जिल्लावाट २ हजार ८ सय ७३ जना बिद्यार्थी उत्तिर्ण भएका छन । परिक्षामा उत्तिर्ण भएकाहरु मध्ये बिशिष्ट श्रेणीमा १ सय १०, प्रथम श्रेणीमा ७ सय ५३,द्धित्तिय श्रेणीमा १ हजार ७ सय ९३ र तृत्तिय श्रेणीमा २ सय ४६ जना रहेका छन । जिल्लाभरिका बिद्यार्थीहरु मध्येवाट सबैभन्दा बढी प्राप्ताङ्क ल्याउने छात्रमा चिल्ड्रेनपार्क उच्च माविका उपाध्यायले ९३.३७ प्रतिशत र छात्रा तर्फ किवो इन्टरनेशल माविकी मेनुका श्रेष्ठ ( रिता)ले ८८.७५ प्रतिशत नम्बर ल्याएर जिल्लाभरिकै छात्रा तर्फको पहिलो बन्न सफल भएकि छिन । चिल्ड्रेनपार्क आवासिय उच्च माविका सन्तोष उपाध्याय देशैभरिकै चौथौ भएको उनी अध्ययनरत बिद्यालयले दावी गरेको छ ।आठ सय पूर्णाङ्कमा सन्तोषले कुल ७ सय ४७ अंक ल्याएका छन ।



No comments:
Post a Comment