Friday, June 15, 2012

सुरक्षीत वैदेशिक रोजगार सम्वन्धि तालिम



धादिङ, १ असार/ युरोपेली युनियन र यु एन ओमनको सहयोगमा मानव अधिकारका लागी जनमन्च(पिपुल फोरम) र पौरखी नेपालद्वारा संचालित आप्रवासी महिला कामदारका लागी सुरक्षीत वैदेशिक रोजगार सम्वन्धि तीन  दिने तालिम शुक्रवारदेखि धादिङवेशीमा शूरु भएको छ ।

    वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकहरुमा गइ नेपाल फर्किएका महिला कामदारहरुलाइ लक्षित गरि तालिमको आयोजना गरिएको हो । तालिममा रोजगारीका लागी विभिन्न देशमा गएर फर्किएका जिल्लाका विभिन्न ठाउका २६ जना महिलाको सहभागीता रहेको छ । तालिमलाइ अधिवक्ता एवम पिपुल फोरमका कार्यसमिति सदस्य रुद्र नेपाल, पौरखी नेपालका केन्द्रिय सचिव सत्र कुमारी गुरुङ र पिपुल फोरमका वित्तिय तथा प्रशासकिय अधिकृत टिकाप्रसाद अधिकारीले सहजीकरण गर्ने बताईएको छ ।     तालिमका संयोजक मेनुका वसौलाका अनुसार तीन दिन सम्म चल्ने तालिममा वैदेशिक रोजगारमा जाने कामदारले ध्यान दिनुपर्ने कुराहरु, सरकारी संयन्त्र र कामदारले पाउने सेवा सुविधाहरु, वैदेशिक रोजगार र महिला कामदार का सवालहरु, महिला कामदार तथा परिवारका समस्याहरुवारे समुह छलफल लगाएत कानुनी उपचारको विधि र कानुनी सहायता समन्वय संम्वन्धि विषयवस्तुमा सहभागीहरुलाइ प्रशिक्षित गराइने छ ।


No comments:

Post a Comment

vfhcnbn

vggc