Thursday, June 14, 2012

धादिङका सन्तोषको ९३.९३७ प्रतिशत सर्वोत्कृष्ठ बिद्यार्थी मध्ये तेश्रो भएको दावी


एशोदा नेपाल
धादिङ, ३२ जेठ ।  धादिङको सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासिय उच्च माविका  सन्तोष उपाध्यायले यस पटकको प्रवेशिका परिक्षामा ९३.९३७प्रतिशत अंक ल्याएका छन ।

    आठ सय पूर्णाङ्कमा सन्तोषले  कुल ७ सय ४७ अंक ल्याएका छन । सिम्वोल नम्बर ०२६३५९० भएका सन्तोषले अनिवार्य गणितमा ९९ , बिज्ञान र ऐच्छिक गणितमा ९७–९७ नम्बर ल्याएका छन । त्यसै गरि अंग्रेजीमा ९२,नेपालीमा ८३, सोसियलमा ९०, स्वास्थ्य शिक्षामा ९५ र कार्यालय सञ्चालनमा ९४ अंक प्राप्त गरेका छन ।  सन्तोषको नतिजाबाट उनी अध्ययरत बिद्यालयले खुसीयाली मनाएको छ भने धादिङ जिल्लामै पहिलो पटक ९३ प्रतिशत प्राप्ताङ्क ल्याउन सफल भएको भन्दै जिल्लाका शिक्षाप्रेमीहरुले खुसी व्यक्त गरेका छन ।सन्तोषको प्राप्ताङक देशभरिका बिद्यार्थीहरु सवोत्कृष्ठ बिद्यार्थीहरु मध्ये तेश्रो भएको चिल्ड्रेनपार्क आवासिय उच्च माविले दावी गरेको छ ।  धादिङकै कुम्पुर गाविस घर भएका डोलप्रसाद र सीता उपाध्यायका छोरा हुन सन्तोष । सन्तोषका अभिभावक धादिङबेसीमा मध्यमस्तरको होटल व्यवसाय सञ्चालन गर्दै आईरहेका छन । २०५२ सालमा जन्मिएका सन्तोषले २०५८ सालवाट बिद्यालयको औपचारिक शिक्षा लिन शुरु गरेका हुन । सामान्य आर्थिक अवस्था भएका सन्तोषका अभिभावकले छोराको चाहना अनुसारको पढाईका लागि छोरालाई सहयोग गर्ने बताएका छन ।
    अन्नपूर्ण पोष्टसंग कुराकानी गर्दै सन्तोषले आफ्नो सफलताको श्रेय अभिभावक,शिक्षक र बिद्यार्थी साथीहरुलाई दिएका छन । राम्रो हुन्छ भन्ने अपेक्षा लिएपनि यतिधेरै सफलताको भने अपेक्षा नगरेको सन्तोषले वताए । बिद्यालय समय बाहेक दैनिक ६ घण्टा नियमित अध्ययन गर्ने गरेका सन्तोषलाई जानकारी मूलक टेलिभिजन कार्यक्रमहरु हेर्न र  कम्प्युटरमा रम्न पनि औधि मन पर्ने बताए । आंफुलाई मनपर्ने बिषय बिद्दान भएकाले त्यहि आफ्नो अवको पढाई बिज्ञान बिषयमा केन्द्रित हुंदै डाक्टर वन्ने लक्ष्य रहेको पनि उनले वताए ।
    पढ्नका लागि कुनै दिन दवाव दिन नपरेकाले सन्तोषको नतिजा उत्कृठ हुनेमा आंफुहरु बिश्वस्त रहेको र सोहि अनुसारको नतिजा आएपछि आंफुहरु निकै खुसी बन्न पुगेको सन्तोषका आमा बुबाले बताएका थिए । सन्तोषको नतिजा राष्ट्रिय स्तरमा गणनागर्न लायक भएकाले त्यसवाट आफुहरुलाई निकै उत्साहित बनाएको र सन्तोषको नामवाट धादिङ जिल्लालाई चिनाउन पाएको चिल्ड्रेनपार्क उच्च माविका सचालक शान्तविक्रम वानिंयाको प्रतिकृया थियो ।

धादिङ जिल्लाका १ सय २७ वटा बिद्यालयका ५ हजार ८ सय ३६ जना बिद्यार्थीले यस बर्षको प्रवेशिका परिक्षा दिएकोमा जिल्लावाट २ हजार ८ सय ७३ जना बिद्यार्थी उत्तिर्ण भएका छन । परिक्षामा उत्तिर्ण भएकाहरु मध्ये बिशिष्ट श्रेणीमा १ सय १०, प्रथम श्रेणीमा ७ सय ५३,द्धित्तिय श्रेणीमा १ हजार ७ सय ९३ र तृत्तिय श्रेणीमा २ सय ४६ जना रहेका छन । जिल्लाका १ सय २७ वटा बिद्यालयले प्रवेशिकामा सहभागिता जनाएकोमा ९ वटा बिद्यालयले शतप्रतिशत बिद्यार्थी उत्तिण गराएका छन । शतप्रतिशत बिद्यार्थी उत्तिण गराउने बिद्यालयहरुमा  धादिङआवासीय मावि  ५३ जनामा २९ जना बिशिष्ट र २४ जना प्रथम श्रेणीमा रहेका छन । त्यसैगरि ब्राइटफ्युचर मावि मलेखु २६ जनामा ६ बिशिष्ट,१३ प्रथम र ७ द्धित्तिय श्रेणी रहेको छ भने सुनगाभा एकेडेमी धादिङबेसीका २२ जना मध्ये ५ बिशिष्ट १६ प्रथम र १ द्धित्तिय श्रेणी रहेका छन ।
    त्यसैगरि धुनिबेसी इङलिस स्कुल नौविसेका २४ जना मध्ये ४ शिशिष्ट,२० प्रथममा उत्तिर्ण भएका छन भने किवो इन्टरनेशनल वोर्डिङ धादिङबेसीका २८ मध्ये १० जना बिशिष्ट, १७ जना प्रथम श्रेणी र १ जना द्धित्तिय श्रेणी रहेका छन भने दि राईजिङ भिलेज मावि बैरेनीका २३ मध्ये ३ जना बिशिष्ट ,२० प्रथम श्रेणीमा उत्तिर्ण भएका छन । यसै गरि गजुरीमा रहेको मुनाल एकेडेमीका २२ जना मध्ये ९ जना बिशिष्ट ,१३ जना प्रथम श्रेणीमा र एडभान्स एकेडेमी धादिङबेसीका २० जना मध्ये ९ जना बिशिष्ट र ११ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन । यता जिल्लाकै सर्वश्रेष्ठ नम्बर ल्याएर प्रथम बन्न सफल भएका सन्तोष उपाध्यायले अध्ययन गरेको चिल्ड्रेनपार्क उच्च माविका एक जना बिद्यार्थीले परिक्षा नदिएका कारण बिद्यालयको नतिजा ९५.८३ प्रतिशत बन्न पुगेको छ । परिक्षाका लागि २४ जना बिद्यार्थीले आवेदन फाराम भरेकोमा एक जनाले अन्तिम समयमा आएर परिक्षा नदिएका कारण २३ जना मध्ये ११ जना बिशिष्ठ श्रेणीमा १२ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन । ति मध्ये सन्तोष उपाध्यायले ९३.९३७ नम्बर ल्याएर जिल्लाकै सवोत्कृष्ठ बन्न पुगेका  छन ।
शतप्रतिशत बिद्यार्थी उत्तिर्ण गराउने सवै निजी बिद्यालय मात्र रहेका छन । सामुदायिक तर्फ जिल्लाकै बिकटमा रहेको रि गाविसको पासाङचोक महादेव माविवाट १ जना प्रथम श्रेणीमा,२१ जना द्धित्तिय श्रेणीमा र १ जना तृत्तिय श्रेणीमा गरि २३ जना उत्तिर्ण भएर सामुदायिक तर्फ जिल्लाकै सबैभन्दा धेरै ८५.१९ प्रतिशत बिद्यार्थी उत्तिण गराएको छ । त्यसै गरि सामुदायिक तर्फ पशुपती मावि साङकोषले ८२ प्रतिशत बिद्यार्थी उत्तिर्ण गराएको छ । पशुपती माविका ४० जना मध्ये २ जना बिशिष्ठ,१५ जना प्रथम,१६ जना द्धित्तिय गरि ३३ जना बिद्यार्थी उत्तिर्ण भएका छन । सामुदायिक तर्फ सबैभन्दा थोरै प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउनेमा जिल्लाको जिवनपुरमा रहेको महेशधर्म माविबाट ५६ जना बिद्यार्थीले परिक्षा दिएकोमा २ जना प्रथम श्रेणीमा र ३ जना तृत्तिय श्रेणीमा उत्तिर्ण हुंदा जम्मा ८.९३ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएको छ ।त्यसै गरि पिपलभन्ज्याङ मावि महादेवस्थानका ५३ जना बिद्यार्थीले परिक्षा दिएकोमा जम्मा ५ जना द्धित्तिय श्रेणीमा उत्तिर्ण हुंदा बिद्यालयको प्रतिशत ९.४३ हुन पुगेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc