Monday, June 11, 2012

अझै सभासद छु भन्ने भ्रम परेपछि ....


धादिङ, जेठ २९ -  जेठ १४ गते नयाँ संविधान नै जारी नगरी संविधान सभा विघटन भएको छ । ४ वर्षअघि संविधान बनाउनका लागि चुनिएका सभासदहरु अहिले पूर्व सभासद भइसकेका छन् । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मंसिर ७ गते संविधानसभाको चुनाव गर्ने घोषणा पनि गर्नु भएको छ । तर माओवादीकै एक सभासदलाई भने अहिलेसम्म पनि आफू सभासद नै रहेको भ्रम परेको रहेछ ।
माओवादी केन्द्रिय सदस्य एवम धादिङ जिल्लाका इन्चार्ज समेत रहेका संविधान सभाका पुर्व सदस्य पुष्पबिक्रम मल्लले अहिले पनि सभासदको हैसियतले सार्वजनिक कागज पत्रमा हस्ताक्षर गरेपछि उहाँमा आफू सभासद नै छु भन्ने भ्रम परेको नभनेर अरु के भन्न सकिन्छ त ?
 धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ वाट तत्कालिन संविधान सभाको सदस्य सदमा निर्वाचित मल्लले जेठ २० गते अर्थात संविधानसभा विघटन भएको ५ दिनपछि पहिलो पटक आफ्नै गाउको स्वास्थ्य चौकीमा सञ्चालनमा आएको एम्बुलेन्सको उदघाटन गर्दै एम्वुलेन्स खरिदका लागि सहयोग पु¥याउने सबैलाई सल्यानकोट स्वास्थ्य चौकीको तर्फवाट बितरण गरिएको प्रशंसा पत्रमा सभासदको हैसियतले हस्ताक्षर गर्नुभएको थियो ।
पहिलो पटकको हस्ताक्षरको मसि सुक्न नभ्याउंदै दोश्रो पटक पनि मल्लले आफ्नै गाउंको त्रिपुरासुन्दरी उच्च माविको स्वर्णमहोत्सवको अवसरमा जेठ २६ गते  बिद्यालयको तर्फवाट बितरण गरिएको प्रसंसा पत्रमा पनि सभासदकै हैसियतले हस्ताक्षर गरेर गुमिसकेको पदको दुरुपयोग गर्नुभएको छ ।
(उहाँले जेठ २६ गते सभासदको हैसियतमा हस्तक्षर गरेको प्रमाण पत्र हेर्नुहोस प्रमाण पत्र पाउने व्यत्तिको आग्रहमा हामीले नाम गोप्य राखेका छौं र प्रमाण पत्रमा उल्लेख भएको नाम र ठेगानमा कालोमसी लगाईएको छ । सभासदको हस्तक्षर र मिति भने रातो घेरमा देख्न सकिन्छ ।)
_(उज्यालो अनलाइनबाट  )

No comments:

Post a Comment

vfhcnbn

vggc