धादिङ,/ धादिङको सल्यानकोट गाँउ विकास समितीको कठेरीमा रहेको त्रिपुरा सुन्दरीउच्च माध्यामिक विद्यालयका पूर्व बिद्यार्थीहरुले बिद्यालयको शैक्षिक विकासका लागि तीन लाख देखि सत्र लाख सम्म आर्थिक सहयोग गरेर बिद्यालयको नयां भवन निर्माणका साथै पुस्तकालयको स्थापनाका गरिदिएका छन ।
जिल्लाको सल्यानकोट गा वि स स्थायी घर भई विगतमा त्रिपुरासुन्दरी उच्च माविमा अध्ययन गरि हाल धादिङबेसी र काठमाण्डौ वस्ने पुर्व बिद्यार्थीहरुले उक्त विद्यालयको अध्ययन अध्यापनलाई सहज वनाउन व्यवस्थित पुस्तकालयको निमार्ण गरिदिएका हुन् । आवश्यक भौतिक पुर्वाधारको कमिका कारण जिल्ला शिक्षा कार्यालय धादिङले जिल्लाका केहि सरकारी विद्यालयहरु खारेजी र गाभ्ने काम गरी रहेकै बेला दुर्गम गाउमा रहेको विद्यालयमा पुस्तकालय स्थापना एवम पुर्वाधार विकासका लागि पुर्व बिद्यार्थीहरुले सहयोग गरेर उदाहरणिय कार्यको शुरुवात गरेका हुन । त्रिपुरा सुन्दरीउच्च माध्यामिक विद्यालयका पुर्व विद्यार्थी, त्रिपुरा पुस्तक पसल धादिङका प्रोपाइटर एवं पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष नारायण कुमारश्रेष्ठको व्यक्तिगत पहलमा आफ्ना स्वर्गिय हजुरआमा र आमावुवाको स्मृतिमा २ लाख ५२ हजार ९ सय ९९ रुपैयाको लागतमा पुस्तकालय निर्माण गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ । यसै गरि सोहि बिद्यालयका पुर्व विद्यार्थी हरि सिटौलाले विद्यालयको भवन निर्माणको लागी पटक पटक गरि सत्र लाख रुपैया विद्यालयलाइ आर्थिक सहयोग गरेका छन । बिद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने दातालाई बिद्यालय परिवारले प्रशसा पत्र र फुलमालाका साथ सम्मान गरेका छन ।



No comments:
Post a Comment