धादिङ,/ धादिङ जिल्लाको बेल्खु खोलामा निर्माणाधिन अवस्थामा रहेको प्राइम हाइड्रो पावर कम्पनीको कारण आफ्नो परिवारको बिचल्ली भएको भन्दै जिल्लाकै पिडा गा.वि. स वडा नं १ की मैयाकुमारी रिजालले सहयोगका लागि आग्रह गर्नुभएको छ ।
निर्माणाधिन आयोजनाको कारण आफ्नो नाममा मालपोतमा दर्ता रहेका कित्ता नं ९,१३,१७,२१,२५ खेतको पुुरै भाग काम नलाग्ने भएको हँुदा परिवारको बिचल्ली हुन पुगेको मैयाकुमारीको भनाई छ । २०५० सालमा आएको बेल्खु खोलाको बाढीले घर गोठ र खेती योग्य जमिन बगाएर आफ्नो परिवारका वसोवास उठेको पनि रिजालले वताईन । बाढीले बगाएर लगेको आफ्नो नम्बरी जग्गामा जलविद्युत आयोजनाले आंफुखुसी बाँधबाधी बांकी रहेको खेत जग्गामा समेत हानी नोक्सानी पु¥याएपछि १४ जनाको परिवारको हकभोग रहेको खेत हराउने अवस्थामा पुगेको रिजालको गुनासो छ ।
निर्माणाधिन आयोजनाले गर्दा खेतबाट खोलामा आवतजावत गर्ने बाटो मासिनुका साथै खेतमा सिंचाई गर्न पानी ल्याईएको कुलो समेत आयोजनाको बांधमा परेपछि खेतमा सिंचाई गर्न पानी ल्याउन नमिल्ने भएको रिजाल परिवारको भनाई छ । आयोजना निर्माणका लागि खटाईएका कामदार समेत रिजालको खेतमै अस्थायी टहरा निर्माण गरेर बसिरहेका छन भने ठुला मेशिनहरु पनि सोहि खेतमा चलिरहेको रिजाल परिवारको भनाई छ ।
निजी सम्पतिमा कुनै किसिमको हानी नोक्सानी नगरिदिन दिन आग्रह गर्दा आयोजनाका संचालक मध्येका कृष्णध्वज कार्की नाम बताउने व्यक्तिले आंफुह्ररुलाई धम्क्याएको मैयादेवीले बताउनुभयो ।
राज्यले समेत कृषि तथा खानेपानीलाई पहिलो प्राथमिकता दिई रहेको अवस्थामा हाइड्रोको कार्यले कृषी कार्य पुर्ण रुपले बाधा पु¥याइ जग्गावाला तथा सरोकार वाला संंग कुनै संमन्वय नगरी जवरजस्ति आयोजना निर्माण गरेमा आदमघाट,भल्टार, किरान्चोक, आदमटार, गजुरी, घाटबेसी तथा बैरेनीका स्थानिय बासीलाई लिएर आंफुहरु प्रतिकारमा उत्रने चेतावनी रिजाल परिवारले दिएको छ । यसै बिच आयोजनाले सर्वसाधरणलाई ज्यादतिको गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रशासन कार्यालयलाई अनुगमन गरिदिन आंफुहरुले लिखित आग्रह गरेको भएपनि गरिव भएका कारण प्रशासन कार्यालयले खासै चासो नदिंदा आयोजना निर्माण पक्षको मनोवल बढ्दै गएको पिडितहरुको भनाई छ ।
पिडित पक्षले लगभग १४ सय रुख तथा ६ हजार वुट्टा नष्ट गरेको खोलाको ढुङ्गा तथा वालुवा निकाली हाइडो«को ड्याम तथा पर्खाल निर्माण गर्दा खोला झन तल धसिएको र सोही कारण खेतमा पानी लैजान नसक्ने स्थिती भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष लिखित निवेदन पेश गरि कारवाहीका लागि माग गरेको बताएको छ । यता जिल्ला प्रशासन कार्यालयले पिडित पक्षले दिएको निवेदनका आधारमा आयोजना निर्माण पक्षसंग सोधपुछ भईरहेको जनाएको छ । जलबिद्युत्त आयोजना निर्माण गरिरहेको प्राइम हाइड्रो पावर कम्पनीले भने आंफुहरुलाई समस्यामा पार्न विभिन्न आरोप लगाउने तथा काममा अवरोध गर्नेपक्षहरु सक्रिय रहेको प्रतिकृया दिएका छन ।



No comments:
Post a Comment