धादिङ,\ अन्नको अभावमा सिस्नुको मुण्टा खाएर जिवन निर्वाह गरिरहेका धादिङ जिल्लाको महादेवस्थान गाविस वडा नम्बर ३ ब्रुसबाङका चेपाङहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
सिङ्गो बस्ति सिस्नुको मुण्टाको भरमा ६ महिनादेखि धानिनुपरेको खोजमुलक समाचार नेत्रावती अनलाइनमा छापिएपछी क्यासिनो एभरेष्टको क्यास विभागका कर्मचारीहरुले चेपाङहरुलाई ३० किलो चामल, २ केजी दाल,नुन, २ केजी चिनी, चाउ चाउ बिस्कुट लगायत ६० हजार वरावरको खाद्यान्न सहयोग गरेका हुन । शनिवार पृथ्वीराजमार्गको मलेखुमा आयोजित एक कार्यक्रममा ब्रुसवाङका चेपाङहरुलाई उक्त खाद्यान्न बितरण गरिएको हो । खाद्यान्न बितरण कार्यक्रममा क्यासिनो एभरेष्ट क्यास विभागका कार्यकारी प्रमुख सुमन ढकालको नेत्तृत्वमा आएको कर्मचारी टोलीले चेपाङ परिवारलाई खाद्यान्न प्रदान गरेको हो ।
समु्रदी सतहवाट २२ सय मिटर माथि रहेको अनुमान गरिएको चेपाङसमुदायको मात्र वसोवास रहेको ब्रुसवाङमा गएको ६ महिना देखि अन्न सकिए पछि यहांका चेपाङले सिस्नुको मुण्टा,बेथेको साग, टांँकीको मुण्टा र जंगलीकन्दमुल खाएर धानिनुपरेकोे छ । न्युज २४ टेलिभिजनले ब्रुसवाङ पुगेर उक्त समचार वाहिर ल्याएको थियो । टेलिभजनवाट आएको समाचारले आंफुहरुलाई निकै प्रभावित बनाएकाले चेपाङ परिवारलाई खाद्यान्न सहयोग दिने निर्णय गरि कार्यान्वयन गरिएको विभागका कर्मचारी ध्रुव अधिकारीले बताए ।
हरेक बर्ष मंसिर देखी असोज सम्म अन्नको अभाव हुने बु्रसबाङमा २५ घर चेपाङ समुदायको मात्र वसोवास छ । जहां २ सय ५० जना भन्दा वढीको जनसंख्या रहेको छ ।
पृथ्वीराजमार्गको मलेखुबाट १२ घण्टाको पैदलयात्रा पछि पुगिने ब्रुसबाङमा खानेकुराको मात्रै होइन खानेपानीको समेत निकै समस्या रहेको छ । राज्यवाट उपेक्षित रहंदै आएका यहांका चेपाङ परिवार एक गाग्रो पानी ल्याउनका लागि गाउंवाट ३ घण्टा ओरालो हिडेर कुवा सम्म पुग्न वाध्य हुने गरेका छन । राज्यवाट पाउनुपर्ने आधारभुत सेवा सुविधा शिक्षा,स्वास्थ्य,खानेपानी त पाएका छैनन नै यो संगै हरेक बर्षको ९ महिना यो बस्तिका सबै घरमा अनिकाल हुने गरेको उनिहरुको भनाई छ ।
माघ महिनामा छरेको मकै भदौमा मात्रै पाक्ने भएकाले यहांका चेपाङ समुदायलाई ३ महिना अन्नको अभाव टरेपनि बांकी समय खाद्यान्नअभावमा बित्ने गरेको उनिहरु बताउंछन । खाद्यान्न सहयोग पाउने खवर पुगेपछि ब्रुसबाङका प्रत्येक घरवाट कम्तिमा एक जनाका दरले मलेखु सम्म पैदलै हिडेर आईपुगेका थिए । मलेखु आउनेहरुमा अधिकांश काखे बच्चाका आमाहरु रहेका थिए । खाद्यान्न सहयोग गर्नेसंस्थाले उनिहरुलाई चिउरा र तरकारी खुवाउनुका साथै वितरण गरिएको खाद्यान्न सामग्री महादेवस्थान गाविसको ताल्ति सम्म ढुवानीको व्यवस्था समेत मिलाईदिएका थिए । आईतवार बेलुका मात्र चेपाङहरु आंफुले पाएको खाद्यान्न सहयोग लिएर घर पुग्ने छन ।



No comments:
Post a Comment