धादिङ,/ विभिन्न कारणले असहाय बन्न पुन्न पुगेका वालवालिकाका लागि शैक्षिक तथा अन्य सहयोग गर्दे आईरहेको छोरीमाया प्रतिष्ठान काठमाण्डौले बबरमहल बम विष्फोटमा परेर ज्यान गुमाएकाहरुका वालवालिकालाई उच्च शिक्षा सम्म अध्यनन गर्न सहयोग गर्नेभएको छ ।
गतबर्षको फागुन १५ गते भएको बबरमहल बम
विष्फोटमा परि धादिङको बैरेनी गाविस वडा नम्बर १ का कृष्णवहादुर तामाङ, वडा
नम्बर ६ का मानवहादुर तामाङ र पिडा गाविस वडा नम्बर ८ भष्मेखर्कका
बिरबहादुर तामाङको ज्यान गएको थियो । बिष्फोटमा मारिएका मध्ये बिद्यालय
जाने उमेर समुहका कृष्णवहादुरको छोरी कमला,रश्मिता र छोरा दीपेन्द्र
तामाङलाई कक्षा १२ सम्मको पढाईका लागि लाग्ने सम्पूर्ण खर्च छोरीमैया
श्रेष्ठ स्मृत्ति प्रतिष्ठानले व्यहोर्ने भएको हो । तीनै जना वालवालिका
गाउंकै किराञ्चोक कार्कीडांडा माध्यमिक बिद्यालयमा अध्ययनरत छन ।
प्रतिष्ठानले बैरेनीका तीनै जना बालवालिकालाई एक बर्ष सम्म चाहिने शैक्षिक
सामाग्री,बिद्यालय पोशाक र खर्च समेत उपलव्ध गराएको छ । यसै गरि नेपाल
तामाङ राष्ट्रिय महासंघले पनि अति विपन्न बालवालिकाको शैक्षिक सहयोगमा
योगदान पु¥याएको भन्दै प्रतिष्ठानलाई सम्मान गरेको महासंघका महासचिव श्याम
तामाङले बताएका छन । प्रतिष्ठानका सदस्य सुजाता श्रेष्ठका अनुसार सोहि
घटनामा परि घाइते भएका पिडा गाविस वडा नम्बर ८ घर भई हाल रतनपुरी वारामा
बस्दै आईरहेका सोमवहादुर तामाङको छोरा सूर्य र राजन छोरी फुलमायालाई पनि
कक्षा १२ सम्म पढ्न लाग्ने सम्पूर्ण खर्च पं्रतिष्ठानले व्यहोर्ने भएको छ ।
मृतकका आफन्तले राज्यवाट आर्थिक सहायता पाएको भएपनि घाइते तामाङले भने
उपचार खर्च समेत राम्रो संग नपाउंदा उनको उपचार प्रभावित भएको छ ।
सोमवहादुर उभिएर हिडडुल गर्न समेत सक्दैनन ।




No comments:
Post a Comment