Monday, July 9, 2012

वृद्ध दम्पत्तीमाथि आक्रमण


धादिङ, २५ असार /अपरिचित व्यक्तिहरुको समुहको आक्रमणमा परि  धादिङ जिल्लाको झार्लाङ गाउं विकास समितिका एक दम्पत्ती गम्भीर घाइते भएका छन । जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी भेगमा पर्ने झार्लाङ गाविसको वडा नम्बर ४ नमदेन का ६५ बर्षिय जंगवहादुर तामाङ र उहाँका श्रीमती ६० बर्षिया कान्छिमाया तामाङलाई आइतवार राती हतियारधारी अज्ञात समुहले सांघातिक हमला गरेर घाइते बनाएको हो ।
रातीको समयमा भएको आक्रमणका  दोषिहरु पहिचान हुन नसकेको घाइतेका आफन्तहरुले बताएका छन ।
घाइते दुवैको अवस्था चिन्ताजनक भएपछि सोमवार बिहान काठमाडौवाट झिकाईएको  हेलिकप्टरले घरैवाट घाइतेहरुको उद्धार गरेको थियो । घाइते दुवैको ओम अस्पताल काठमाडौमा उपचार भईरहेको छ । हतियारधारी समहुले बृद्धअवस्थाका दम्पतिलाई शरिरका विभिन्न भागमा धारिलो हतियार रोपेर गहिरो  चोट बनाएको घाइतेका आफन्त मंगबहादुर तामाङले बताउनुभयो । घरमा सुतिरहेका बृद्ध दम्पतीमाथि सांघातिक हमला भएको खवर पाएपछि स्थानीय प्रहरी मार्फत घटनामा संलग्न भएकाहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक राजकुमार थिङले बताउनुभयो ।  

No comments:

Post a Comment

vfhcnbn

vggc