धादिङ/ धादिङ जिल्लाका नेत्रहिनहरुले अव सेतो छडिको सहायतामा हिडंडुल गर्न पाउने भएका छन । अरुको सहायतामा मात्र हिडंडुल गर्नुपर्दा घर वाहिर निस्कन समेत नपाउने समस्या झेल्दै आईरहेका नेत्रहिनहरुलाई लक्षित गरि जिल्ला विकास समिति धादिङको सहयोगमा धादिङ नेत्रहिन संघले सेतो छडि चलाउने आधारभुत तालिम दिएपछि जिल्लाका २० जना नेत्रहिनहरु हातमा सेतो छडि लिएर हिंडडुल गर्न सक्ने भएका हुन ।
जिल्लाभित्रका नेत्रहिनहरुको हकहितका लागि काम गर्न भनेर एक बर्ष अघि धादिङ नेत्रहिन संघ गठन भएपछि जिल्लाका नेत्रहिनहरु संगठित हुन थालेका हुन । धादिङ नेत्रहिन संघले केन्द्रिय संघ संग समन्वय गरि सेतो छडि चलाउने सिप सिकाउने श्रोत व्यक्तिको व्यवस्था गरिदिएपछि तीन दिनको तालिम लिएर जिल्लाका २० जना नेत्रहिनहरु सेतो छडिमा हिडडुल गर्न थालेका हुन ।
हातमा सेतो छडि लिएपछि सडक वारपार गर्ने वेलामा र अरु समयमा पनि कुनै समस्या पर्दा अन्य व्यक्तिवाट सहायता लिन सजिलो हुने र आंफुलाई पनि हिंडडुल गर्न सहज हुने नेत्रहिन हरु बताउंछन । नेत्रहिनहरुलाई सेतो छडि चलाउने सिप सिकाईरहनुका भएका अम्बर गुरुङका अनुसार तीन दिने तालिममा उनिहरुलाई ह्डिदा आंफु कसरी सुरक्षित हुने भन्ने बारेमा सिकाईएको बताउनुहुन्छ ।
धादिङ नेत्रहिन संघका अध्यक्ष अश्विन लम्साल धादिङ जिल्ला भरिमा नेत्रहिनहरुको संख्या ४ सयभन्दा बढि रहेको अनुमान गरिएको भएपनि यस सम्वन्धि कुनै तथ्याङ नभएको बताउनुहुन्छ । आगामी दिनमा जिल्ला विकास समितिसंग सहकार्य गरेर जिल्लाभरिका नेत्रहिनहरुको तथ्याङ्क संकलन गर्ने योजनामा रहेको संघले आगामी बर्षमा पनि यस्ता तालिम सञ्चालन गर्दै जाने बताएको छ । सेतो छडि पाएपछि आंफुहरुलाई हिडडुल गर्न निकै सजिलो भएको तालिमका सहभागि नेत्रहिनहरुले बताएका छन ।



No comments:
Post a Comment