धादिङ / गैर दलित किशोरीलाई गाउंकै दलित किशोरले विवाह गरे पछि धादिङको पिडा गाविस वडा नम्बर ८ मुलाखर्कमा दलित र गैर दलित समुदायका बिच शुरु भएको तनावले आक्रमणको रुप लिएको छ । दुई पक्ष बिचको तनाव बढ्दै जांदा १० परिवार दलितहरुले आंफुहरु गाउंवाट बिस्थापित हुने परेको भन्दै सहयोगका लािग सदरमुकाम धादिङबेसी आईपुगेका छन ।
गैर दलितको आक्रमणबाट दलित समुदायका कौशिला वि.क., इन्दिरा सुवेदी वि.क., रामबहादुर वि.क., रेश्मा वि.क., विन्दा वि.क., प्याउटी वि.क., सीता वि.क., कोपिला वि.क., शंकर वि.क., विन्दा वि.क. घाइते भएको र यस बाहेक अन्य पनि विस्थापित भएको उनिहरुले बताएका छन् । गैर दलितहरको आक्रमण पछि अभिभावकहरुले ज्यान बचाउन गाउं छाड्दा केही बालबालिका मात्र घरमा रहेको दलित समुदायले बताएको छ ।
असार १७ गते सम्झना सुवेदी र नवराज बिश्वकर्माका बिच अन्तरजातिय विवाह भएपछि केटा र केटीका अभिभावहरुका बिच तनाव बढेको हो । आंफुले दलित भनिएको गाउंकै युवालाई मन पराएर बिहे गरेपछि माईती पक्षले यो विवाहलाई अस्विकार गर्दै आक्रमण शुरु गरेको सम्झनाको भनाई छ । सबै मान्छे उस्तै हुन मलाई जो संग मन प¥यो उहि संग बिहे गरें तर माईती पक्षले मेरो बिहेलाई भाड्न आक्रमण र कुटपिट गरेपनि आंफुले केटालाई नछाड्ने उनले बताईन । अन्तरजातीय बिवाहको कारण उत्पन्न भएको तनाव पछि १० घरपविार दलितहरु गाउंवाट विस्थापित हुने अवस्थामा पुगेको दलित सेवा संघ धादिङका सचिव रामबहादुर नेपालीले बताएका छन ।
दलितले आफ्नो छोरीसंग बिहे गरेको भन्दै सुवेदी परिवारले नवराजका घरपरिवारसहित छिमेकिहरुलाई असार १९ गते बेलुका घर घेरेर सबै दलितहरुलाई कुटपिट गरेका विन्दा वि.क.,विन्दा मात्रै होइन ३ वर्ष अघि सोही गाउँमा अन्र्तजातिय विवाह गरेकी २३ वर्षिय इन्दिरा सुवेदी बिक घरको बार्दलिबाट हाम्फालेर भाग्ने क्रममा देब्रे खुट्टा फ्याक्चर भएको गाउंलेहरुले बताएका छन । सम्झनाका माइतिपक्षले इन्दिरालेनै सम्झना र नवराजको विवाह गराइदिएको भन्दै आक्रमण गरेको पिडित पक्षको आरोप छ ।
सामुहिक कुटपिटमा उत्रिएका गाउंलेहरुका कारण नवराजका आमा कौशिला सुनार सख्त घाइते भएकी छिन छ भने इन्दिराको गजुरी अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै कोपिला विक, सीता विक र शकंर विकले त्रैमासिक परिक्षा समेत दिन नपाएको दलित सेवा संघ धादिङले जनाएको छ । सम्झनाका आफन्त समेत रहेका डोलभन्ज्याङ माविका शिक्षक राम बहादुर सुवेदीले दलित बिद्यार्थीहरुलाई विद्यालयबाटै निकाला गर्ने धम्कि दिएको आरोप लागेको छ ।
आफुहरुलाई सम्झनाका आमा पम्फा सुवेदी, दाजु रामचन्द्र सुवेदी, काकाहरु, शिव सुवेदी र सिताराम सुवेदी डोलभञ्ज्याङ माविका शिक्षकहरु राम बहादुर सुवेदी कृष्ण सुवेदी हरी सुवेदी लगायतले कुटपिट गरेको शुक्रवार धादिङबेसीमा पत्रकार सम्मेलन गरि दलित परिवारले बताएका हुन । आंफुहरु माथि कुटपिट गर्नेहरुलाई कानुनि कारवाहीका लागि सम्वन्धित निकायमा जोहरी दिइने पिडितहरुले बताएका छन ।



No comments:
Post a Comment