धादिङ,/बाणिज्य विभागको टोलीले राजमार्ग क्षेत्रको नागढुङ्गा देखि मुग्लिन सम्मको सडक छेउछाउमा रहेको होटल,रेष्टुरेन्ट,भोजनालय लज तथा अन्य पसलहरुको आकस्मिक अनुगमन शुरु गरेको छ ।
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीको नेत्तृत्वमा निस्किएको अनुगमन टोलीले बिहीवार चितवनको मुग्लिनबाट धादिङको मलेखु सम्मका होटल पसलहरुको आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा चितवनको मुग्लिनमा रहेको जयसवाल स्टोर र भागिरथ होटल दर्ता नभई सञ्चालनमा आएको र होटलले बिक्रि बितरण गर्ने खानेकुरा बासी र अस्वस्थ्कर भेटिएको भन्दै ति दुवै पसल र होटल बन्द गराएको छ । कारोवार गर्न बन्द गरिएका होटल र पसलले सात दिन भित्र सम्वन्धित निकायमा दर्ता भई स्पष्टिकरण दिन अनगुमन टोलीले लिखित निर्देशन दिएको छ । अनुगमन टोलीले मुग्लिन,कुरिनटार,मलेखु लगायतका स्थानमा सञ्चालनमा रहेका होटल,रेष्टुरेन्ट,भोजनालय लज तथा अन्य पसलहरुको आकस्मिकअनुगमन गर्दै म्याद नाघेका र गुणस्तर पुरा नगरेका अवस्थामा भेटिएका खानेकुरा नष्ट गरेको थियो ।
अनुगमन टोलीमा बाणिज्य विभागका महानिर्देशक बिडारीका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक प्रमप्रसाद पौडेल,उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि विमला खनालका साथै चितवन र धादिङ जिल्लाका स्थानीय प्रशासनका प्रतिनिधीहरुको सहभगिता रहेको थियो ।
आकस्मिक अनुगमन कार्यलाई निरन्तरता दिंदै गुणस्तरिय सेवा दिन नसक्ने होटल,रेष्टुरेन्ट,भोजनालय लज तथा अन्य पसलहरुलाई आवश्यक सुधारको मौका दिंदै कानून वमोजिम सेवा सञ्चालन गर्न निर्देशन दिइने अनुगमन टोलीका प्रमुख वाणिज्य विभागका महानिर्देशक बिडारीले बताएका छन ।



No comments:
Post a Comment