Friday, July 6, 2012

पराल र छ्वालीले दुर्घटना


 गजुरी (धादिङ) /धादिङबेँसी–मलेखु सडक खण्डमा अहिले हरेक दिनमा पाँचभन्दा बढी दुर्घटना हुने गरेको छ । अठार किलोमिटरको दूरी रहेको सो सडक खण्डमा स्थानीयवासीले सुकाएको पराल र गहुँको छ्वालीले र अन्य गतिविधि सडकमा गर्ने गर्दा यसरी दुर्घटना हुने गरेको  हो । मलेखुदेखि सदरमुकामसम्म आइपुग्दा परालमा अल्झेर हरेक दिन मोटरसाइकल दुर्घटना हुने गरेको मोटरसाइकलचालकले बताएका छन् । सडक ऐनले सडकको प्रयोग सवारी साधन आवतजावत गर्नका लागि गर्ने र सडकलाई अवरोध गर्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरे पनि स्थानीयवासीले यसको उल्लङ्घन गरेका कारण दुर्घटना हुने गरेको हो । पराल सुकाउन सडकको प्रयोग गर्ने र दुर्घटना हुँदा समेत किन भयो भनेर बेवास्ता गर्ने गरेको पाइएको छ ।  सडक सुचारु गराउने र बाधा अवरोध हटाउने प्रहरीले समेत हरेक दिन  सडकको प्रयोग गर्ने भए पनि अहिलेसम्म उसले नियमन गराउन सकेको छैन । सडकबाट पराल हटाउन स्थानीयवासीबाट अवरोध आएकाले हटाउन नसकिएको प्रहरी निरीक्षक विनोद घिमिरेले बताए ।
सडक अवरोध हुने गरी भएका गतिविधि नियन्त्रण गर्नेहरुलाई कारबाही र सडक सुचारु गराउन प्रहरीले पहल गर्नुपर्ने मोटरसाइकल चालकले बताएका छन् । रासस

No comments:

Post a Comment

vfhcnbn

vggc