Wednesday, July 25, 2012

रियल जुसमा भेटियो किरा र झुस



धादिङबेसी/तपाईलाई रियल जुस कत्तिको मन पर्दछ ? उखरमाउलो गर्मिमा फ्रिजमा राखिएको चिसो रियल जुस पाउंदा कस्लाई पो मन नपर्ला र ?   रियलजुसमा तपाईको रुची छ भने अव भने तपाई  सचेत रहनु होला तपाईले पिउन लागेको प्याकेट भित्र जुस हैन झुस फेला पर्न पनि सक्छ ।

रियल जुसको गुणस्तरका वारेमा पटक पटक प्रश्न उठिरहेको बेला धादिङबेसी बसपार्कमा रहेको किराना पसल बि एल ट्रेडर्सका  संचालक ललितबहादुर श्रेष्ठको पसलमा रहेको डावर नेपाल उत्पादित चार वटा रियल जुस खोल्दा त्यहां भित्र कुहिएको अण्डाजस्तो चोक्टा मात्रै होइन, लेउ र पात पतिंगर जस्ता फोहोर फेला परेको जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनु भयो ।
    पसलमा भेटिएको रियल जुसको गुणस्तर परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाईएको र वांकी रहेको रियल जुस विक्रि नगर्न पनि निर्देशन दिईएको अनुगमन समितिका संयोजक पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc