धादिङ, साउन १३ - लगातारको बर्षापछि आएको वाढी पहिरोले धादिङ जिल्लाका ११
वटा लघुजल बिद्युत आयोजनालाई क्षती पुर्याएपछि २ हजार घर परिवार बिद्युत
सेवा उपभोग गर्नबाट बञ्चित भएका छन । जिल्लाको उत्तरी भेगको मुलपानी र
बुढाथुम गाविसको सिमानामा रहेको मनपाङ खोलामा निर्माण गरिएका सात वटा लघु
जलबिद्युत्त आयोजनामा बर्षालेसबैभन्दा बढि क्षती पुर्याएपछि यस भेगका १
हजार घर परिवार प्रभावित भएका छन ।
बाढीले मनपाङ खोला पहिलोदेखि सातौं सम्मको लघु जलबिद्युत आयोजनामा फरक फरक
किसिमको क्षती पु¥याएको छ । बाढीले आयोजनाको नहर,बांध, पाइप र
बिद्युत्त गृहहरुमा समेत क्षती पु¥याएपछि बिद्युत उत्पादन कार्य रोकिएको
लघु जलबिद्युत्त संघ धादिङका अध्यक्ष शम्भु थापाले बताउनुभयो ।
लघु जलबिद्युत संघ धादिङका अध्यक्ष थापाका अनुसार मनपाङ खोलामा रहेका सबै आयोजना एकै दिनको वाढीमा परेर क्षती भएको हो । त्यो बाहेक रि गाविसको वडा नम्बर ४ मा रहेको ४० किलो वाट क्षमताको कल्स्याङ लघु जल बिद्युत्त आयोजना, अंधेरी खोला लघु जल बिद्युत्त आयोजना बुढाथुम, निर्माणाधिन ४० किलोवाटको किन्ताङ फेदी लघु जल बिद्युत्त आयोजना मार्पाकमा पनि बाढीले क्षती पु¥याएको छ ।
त्यसैगरि ३० किलोवाट क्षमता रहेको लापा लघु जलबिद्युत्त आयोजनाको पाइप लाइनमा क्षती पुगेको छ भने रि गाविसको वडा नम्बर ९ मा रहेको ७ किलोवाट क्षमताको किचेत खोला लघु जल बिद्युत आयोजनामा पनि बाढीले आंशिक क्षती पु¥याएको छ । बाढीमा परेर क्षतीग्रस्त लघु जल बिद्युत आयोजना मर्मत गरी सञ्चालन गर्न तत्काल २३ लाख रुपैयाँ खर्च लाग्ने लघु जल बिद्युत संघका अध्यक्ष थापाले बताउनुभयो ।
अध्यक्ष थापाका अनुसार धादिङ जिल्लाभरमा अहिले २७ वटा लघुललबिद्युत आयोजनाहरु सञ्चालनमा छन । वाढी पहिरोले लघु जलबिद्युत आयोजनामा क्षती पुर्याएपछि गाउंवासीहरु सहयोगको आश बोकेर जिल्ला विकास समिति र जिल्ला उर्जा तथा बाताबरण शाखामा धाउन थाले पनि अहिलेसम्म सहयोग नमिल्दा गाउंवासी टुकी बत्तिको सहारा लिन बाध्य हुनुपरेको छ ।

No comments:
Post a Comment