Saturday, July 28, 2012

मुलाखर्क घटना अनुगमन प्रतिबेदन सार्वजनिक -छिमेकीको झगडाले मुलाखर्क घटना


केशव अधिकारी
धादिङ,/धादिङ जिल्लाको पिडा गाविस वडा नम्बर ५ मुलाखर्कका दलित र गैर दलित समुदायका बिच तनाव चुलिँदै जानुको मुख्य कारण जातीय छुवाछुत नभई दुई छिमेकीका बिच भएको झगडा प्रमुख भएको धादिङ जिल्लाका मानवअधिकार संस्थाहरुको संयुक्त अनुगमनले ठहर गरेको छ ।

    मुलाखर्क घटना अनुगमनका लागि गठन भएको संयुक्त मानवअधिकार अनुगमन टोलीले साउन ७ गते घटनास्थलपुगि तयार पारेको प्रतिवेदनसाउन १२ गते  शुक्रवार धादिङबेसीमा सार्वजनिक गर्दै मुलाखर्क घटनाको वारेमा आफ्नो धारणा सार्वजनिक गरेको हो । साउन ७ गते जिल्लामा कृयाशिल विभिन्न १७ वटा मानवअधिकार संस्थाका प्रतिनिधीहरुको संयुक्त बैठकले मुलाखर्क घटना अनुगमन गर्ने निर्णय गरेको थियो ।
    जिल्लाका विभिन्न ९ वटा मानवअधिकार संस्थाका प्रतिनिधीहरु सम्मिलित अनुगमन टोलीले मुलाखर्क गाउंका दलित र गैर दलितहरुलाई भेटि सत्य तथ्य खोज्ने प्रयास गरेको अनुगमन टोलीका सदस्य नेपाल मानवअधिकार संगठन धादिङका अध्यक्ष कृष्णप्रसाद दहालले बताए ।  असार १५ गते स्थानीय दलित महिला विन्दा विकले गाउंकै क्षेत्री थरका हरि सापकोटालाई सार्वजनिक स्थलमा हातपात गरेपछि यहि बिषयमा हरिकी श्रीमती माया र कुटपिट गर्ने विन्दा बिच झगडा शुरु भएको तथ्य भेटिएको मुलाखर्क घटना अनुगमन समितिको प्रतिवेदनले जनाएको छ । असार १५ अघि पनि  माया  सापकोटा र विन्दा बिकका बिच पटक पटक झगडा हुने गरेको पछिल्लो पटक पनि सोहि कारण गाउंमा तनाव बढेको स्थानीयवासीलाई उद्धृत गर्दै अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    दुई छिमेकी बिच झगडा बढिरहेको बेला स्थानीय डोलभञ्ज्याङ उच्च माविको कक्षा ९ मा अध्ययनरत नवराज विकले सोहि बिद्यालयको कक्षा सातमा पढ्दै गरेकी १४ बर्षिया वालिका सम्झना सुवेदीलाई बिद्यालयवाट घर फर्कदै गर्दा भगाएपछि दुई समुदायको बिच थप तनाव बढेको भएपनि मुलाखर्क घटना हुनुमा नवराज विक र सम्झना सुवेदीको बिषय भन्दा पनि माया र बिन्दाको झगडा प्रमुख कारण भएको दलित समुदायकै हिराकुमारी बिकले बताएको प्रतिवेदनमा बताईएको छ ।
    माया र विन्दा एउटै समुहमा बसेर नियमित बचत समेत गर्दै आईरहेकाले उनिहरुको बिचमा बढेको विवाद मिलाउन खोज्दा आंफुहरु माथि हमला भई उल्टो आरोप लागेको घटनाका प्रत्यक्षदर्शि रामकुमारी सुवेदीले बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ । चौध बर्षिया वालिका लिएर भागेका नवराज विकका बिरुद्ध सम्झनाका अभिभावकले वालविवाहको मुद्धा दर्ता गराएका छन । यता दलित पक्षले भने आंफुहरु माथि जातिय विभेद भएको भन्दै छुवाछुत बिरुद्धको अपराध अन्र्तगत मुद्धा दर्ता गराएका छन ।  रामहरी सापकोटा लाई  किन पिटेको भनेर बिन्दाको घरमा बुझ्न जांदा  विन्दाले गाउंका अरुलाई बोलाएर आक्रमण शुरु गरेपछि मुलाखर्कमा दुई समुदाय बिच विवाद बढेको भएपनि विभिन्न अधिकारवादी संस्थाहरुले घटनालाई विपरित ढंगवाट वाहिर ल्याईदिंदा र उनिहरुको योजनामा सञ्चारमाध्यमले समेत साथ दिंदा गाउंवासी समस्यामा परेको स्थानीय वासीको भनाई छ ।     यसै बिच राष्ट्रिय मानवअधिकार आयोगको मानवअधिकार संरक्षण अधिकृत नितु गड्तौलाको नेत्तृत्वमा रहेको अनुगमन टोलीले  मुलाखर्क पुगेर घटनाको अनुगमन गरेको छ ।


No comments:

Post a Comment

vfhcnbn

vggc