Wednesday, August 1, 2012

पैसा लिएर हत्याको प्रयास गर्ने चार पक्राउ


धादिङ÷ गएको असार २३ गते धादिङ जिल्लाको झार्लाङ गाविसको वडा नम्बर ४ ङम्देन बस्ने बृद्ध दम्पत्तिलाई सांघातिक हमला गर्नेहरु पक्राउ परेका छन ।    
असार २३ गते राति .१२ बजे तिर ६५ बर्षिय जंगबहादुर तामाङ र उनकी श्रीमती ६३ बर्षिय कान्छीमाया तामाङलाई घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार रहेका  धादिङ जिल्ला झार्लाङ गाविसको वडा नम्बर ४ ङम्देन बस्ने आकाश तामाङ ,झार्लाङ गाविस वडा नम्बर ९ घर भई जिल्लाकै मुरलीभञ्ज्याङ गाविस वडा नम्बर २ ससाह बस्ने वर्ष २० को सन्तबहादुर तामाङ, झार्लाङ गाविसकै वडा नम्बर २ घर भई मुरलीभञ्ज्याङ गाविस वडा नम्बर २ ससाह बस्ने वर्ष २० को मर्चा भन्ने अनिफ तामाङ र झार्लाङ गाविसकै वडा नम्बर २ घर भई मुरलीभञ्ज्याङ गाविसको वडा नम्बर २ ससाह बस्ने वर्ष २२ को तिलमान तामाङ पक्राउ परेका हुन ।
    असार २३ गते राती तामाङ दम्पत्ति सुतिरहेको अवस्थामा ढुंगाले टाउकोमा पटक पटक प्रहार गरी सख्त घाईते बनाई डोरीले बांधेर फरार रहेका चारैजनालाई पक्राउ गरि जांचबुझ गर्दा उनिहरुले आफ्नो अपराध स्विकारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक गणेश रेग्मीले बताउनुभयो । सवुद प्रमाण र अभियुक्तहरुको बयानका आधारमा चारै जनाले  तामाङ दम्पत्तिको हत्या गर्ने प्रयास गरेको पाईएकाले चारै जना अभियुक्तहरुलाई कानून अनुसार ज्यान मार्ने उद्योगको कसूरमा जिल्ला अदालतबाट थुनामा राख्ने आदेश लिई अनुसन्धानको क्रममा बयान कार्य सकिएको र थप अनुसन्धान भईरहेको पनि  प्रहरी नायव उपरिक्षक रेग्मीले बताउनुभयो ।
    घरमै सुतिरेहका बृद्ध बृद्धा अज्ञात समुहको सांघातिक हमलामा परेपछि घटनाको अनुसन्धान गर्दै जाँदा घाइते जंगबहादुर तामाङले धामी झाँक्रीको समेत काम गर्ने गरेकोले सो तर्फ अनुसन्धान गर्दा झार्लाङतर्फका सँधै जसो बिरामी भईराख्ने र उपचार गरिरहने व्यक्तिहरु माथि अनुसन्धान केद्रित गर्दा जंगबहादुर तामाङकै भतिज सुली भन्ने आकाश तामाङलाई शंकाको घेरामा राखी बुझ्दै जाँदा सँधैजसो  बिरामी भईराख्ने तामाङले आंफु विरामी हुनुको कारण झांक्रीको काम समेत गर्दै आईरहेका जंग बहादुरनै हुन सक्ने ठानेर  जंगबहादुरलाई आक्रमण गर्न लगाएको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।
    साउन ५ गते पक्राउ परेका अभियुक्त आकाश तामाङका अनुसार कतार र मलेशिया गरी दुई पटक विदेशजाँदा आंफु पटक पटक बिरामी भएपछि अस्पतालमा उपचार गराउँदा निको नभए र जान्नेलाई  देखाउँदा आफन्तले नै बिगारेको भनेकाले   ठूलोबुबा जंगबहादुर तामाङको हत्या गर्ने योजना बनाई ५० हजार रुपैयामा जंगवहादुर लाई मार्न मान्छे लगाएको र त्यसका लागि तीन जना युवालाई ४६ हजार रुपैया दिईसकेको आकाशले स्विकार गरेको प्रहरी नायव उपरिक्षक रेग्मीले जानकारी दिनुभयो  ।
    अभियुक्तहरु सन्तबहादुर तामाङ, अनिफ तामाङ र तिलमान तामाङका अनुसार घटना घटाउन अभियुक्त आकाश तामाङबाट रकम लिएर काठमाण्डौंबाट नुवाकोट त्रिशुलीको बाटो हुँदै झार्लाङ पुगेको र असार २३  गते राति जंगबहादुर तामाङको घरमा पुगी मध्यरातमा घर बाहिर पिँढीमा सुतिरहेका जंगबहादुर तामाङ र निजकी श्रीमती कान्छीमाया तामाङलाई तीनै जना मिली पटक पटक ढुंगाले टाउकामा प्रहार गरी डोरीले घाईतेहरुको घाँटी कसी फरार रहेको उनिहरुको स्विकारोक्ती रहेको प्रहरीले जानाएको छ  । घाईते दम्पतिको हाल काठमाण्डौंमा उपचार भइरहेको छ भने  कान्छिमायाको अवस्था सामान्य हुँदै आएको र जंगबहादुर को अवस्था अझै चिन्ताजनक रहेको वताईएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc