Friday, August 17, 2012

सिडियो कार्यालयबाटै ५२ थान राहदानी गायब


धादिङ, भदौ १ – जिल्ला प्रशासन कार्यालय धादिङबाट ५२ थान राहदानी हराएको सार्वजनिक भएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा थन्काएर राखिएको राहदानीमध्ये ५२ थान स्टोरभित्रैबाट हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार कार्यालयको स्टोरको दराजभित्र राखिएका ४८२९३०१ देखि ४८२९३५० सम्मका ५० थान र ४८२९५३४ र ४८२९५३५ नं का दुई थान गरी ५२ थान हस्तलिखित राहदानी हराएको हो ।
राहदानी हराउनुमा कर्मचारीकै लापरवाही रहेको जिल्ला प्रशासन कार्यालयले ठहर गरेको छ । गएको साउन २७ गते नयाँ भवनमा कार्यालय सार्ने क्रममा पुराना सामानहरु जाँच गर्दा राहदानी हराएको पुष्टि भएको हो । तर राहदानी कहिले र कसरी हराएको हो भन्ने बारेमा भने केहि खुल्न सकेको छैन ।
राहदानी हराएको पुष्टि भएपछि सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको संयोजकत्वमा गठिन छानबीन समितिले कर्मचारीकै कारण राहदानी हराएको निष्कर्ष सहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाईसकेको छ ।
हराएको राहदानीको विवरण सहितको पत्र गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन विभागमा पठाइएको र दुरुपयोग हुनसक्ने तर्फ सचेतता अपनाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहदानीको जिम्मा लिएका बद्रि थापाले नयां भवनमा कार्यालय सरेपछि स्टोरको एउटा चाबी नै फिर्ता नगरेको लिखित जानकारी आएपछि कार्यालयले थापालाई निगरानीमा राखेर अनुसन्धान शुरु गरेको छ ।
तत्कालीन स्टोरकिपर थापालाई निगरानीमा राखिएपनि कार्यालयवाट राहदानी कहिले र कसरी हराएको हो भन्ने बारेमा भने केहि खुल्न सकेको छैन । थापाले आफुले कुनै बदमासी नगरेको दावी गर्नुभएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc