धादिङ, भदौ १ – विहीवार साँझ चट्याङ लागेर धादिङको उत्तरी भेगमा पर्ने
बुढाथुम र गुम्दी गाविसमा २ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।
साँझ साँढे ५ वजेतिर चट्याङ लागेर बुढाथुम गाविस ३ आलथोककी ३४ बर्षिया रिता
गुरुङको ज्यान गएको हो ।
यसैगरी चैनपुर गाविस घर भई चिम्चोक निमावि गुम्दीका शिक्षक तोयानाथ
लोहनीको पनि बिद्यालयवाट फर्कदा चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी
कार्यालय धादिङले जनाएको छ ।
चट्याङ लागेर बुढाथुममा ६ जना र मूलपानी गाविसमा १ जना घाइते भएका छन् ।
गम्भीर घाइते बुढाथुमकी नन्दमाया अधिकारीलाई उपचारका लागि काठमाडौं लगिएको छ
भने अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चट्याङले तीन वटा घरमा क्षति पनि पुर्याएको छ । धादिङमा बुधवार साँझमा
पनि चट्याङ लागेर एक जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।
केहि बर्षयता धादिङ जिल्लामा चट्याङ लागेर ज्यान जानेको संख्या बढ्न थालेको
छ ।



No comments:
Post a Comment