Thursday, August 23, 2012

कालाबजारीको आरोपमा माओवादी नेता भण्डारी प्रहरी हिरासतमा


नेत्रावती अनलाईन डेस्क
धादिङ, ६ भदौ / सहकारी संस्थाहरुले उद्धेश्य अनुसार काम गर्न नसकेको आरोप लागिरहेको बेला धादिङको गजुरीमा रहेको सुपथ मुल्यको मल विउ बिक्रि गर्ने अनुमती पाएको कृषि सहकारी संस्थाले बजार मुल्य भन्दा बढिमा मल बिक्रि गरेको आरोपमा कारवाहीमा परेको छ । किसानलाई राज्यले सहुलियत मूल्यमा दिएको रासायनिक मल बिक्रि गर्ने अनुमति पाएको धादिङको गजुरी गाविस वडा नम्बर १ मा रहेको जनआदर्श कृषि सहकारी संस्थाले सेवाको नाममा चर्को मूल्यमा रासायनिक मल विक्री गरेको तथ्य खुलेपछि सस्थाका अध्यक्ष र प्रवन्धकलाई प्रहरीले हिरासतमा लिएर कारवाही शुरु गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी एंव निरिक्षण अधिकृत पुष्पराज पौडेलको नेतृत्वमा साउन तेश्रो साता गएको अनुगमन टोलीले सहकारी संस्थामा पुगेर अनुगमन गर्दा  सहुलियतमा विक्रि गर्नुपर्ने कृषक युरिया मल प्रति किलोग्राम पंैतालिस रुपिंयामा वेचेको भेटिएपछि एनेकपा माओवादी धादिङका जिल्ला सदस्य एवम अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य समेत रहेका सहकारी संस्थाका अध्यक्ष तारा भण्डारीलाई विहीवार प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको हो । अनुगमन टोलीको सिफारिशमा संस्थाका प्रवन्धक विष्णु बहादुर लामिछानेलाई मंगलबारनै प्रहरीले हिरासतमा लिईसकेको थियो ।
    सहकारी संस्था सञ्चालक समितिको २०६९ वैशाख ८ गते सम्पन्न वैठकले प्रस्ताव नंं. १ मा शेयर सदस्यलाई पचास रुपैयां कम र अन्यलाई पचास रुपैया अतिरिक्त मूल्यमा मल विक्री गर्ने र प्रस्ताव नं. २ मा रासायनिक मल अभाव भएका वेलामा व्यापारीहरुसंग मल खरिद गरि विक्री गर्ने निणर्य भएपनि यूरिया मल प्रति ५० केजीको एक हजार आठ सय र खुद्रामा प्रति केजी पैंतालिसमा  विक्री गर्न अध्यक्ष भण्डारीले ल्याएको प्रस्ताव सञ्चालक समितिवाट पारित भएपछि आफुले सोहि अनुसार विक्री गरेको प्रवन्धक लामिछानेले वताए ।
    सञ्चालक समितिको निर्णयवाट मल विक्रि गरेको भएपनि प्रहरी प्रशासनले संस्थाका प्रवन्धकलाई मात्र नियन्त्रणमा लिएको बिषयमा सहकारी संस्थाका शेयर सदस्य र अन्य सर्वसाधरणले आपत्ति जनाएपछि प्रहरीले बाध्य भएर अध्यक्ष भण्डारीलाई नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालयले सोधपुछका लागि भनेर वोलाएकोमा हिरासतमा राखिदिएपछि गणित विषयमा स्नाकोत्तर अध्ययनरत लामिछानेको भाद्र १७ गतेबाट शुरु हुने पहिलो वर्षको परिक्षा प्रभावित भएको उनले बताए ।
    कृषि सामाग्री कम्पनी गजुरीले रासायनिक मल प्रति ५० केजीको नौ सय सन्तानब्बे रुपयांमा विक्री गदै आएको भएपनि सामाग्री केन्द्रवाट ५ सय मिटरको दुरीमा रहेको सहकारी संस्थाले चर्को मुल्यमा मल विक्रि गरिरहेको जनगुनासो आएपछि जिल्ला अनुगमन समितिले संस्थाको मल विक्रि बितरण कार्यको अनुगमन गर्नुका साथै प्रशासन कार्यालयकै एक कार्यालय सहयोगीलाई किसानका रुपमा मल खरिद गर्न सहकारीमा पठाएर मल र बिल समेत लिएर सहकारी संस्थाले किसानलाई ठगिरहेको सवुद पु¥याएको अनुगमन समितिले दावी गरेको छ ।
    यस अघि गजुरी कम्पनीमै खरिद गरिएको यूरिया मल केन्द्रवाट एक किलोमिटरको दुरीमा लगेर एक सय त्रिपन्न रुपयां बढीमा मा विक्री गर्दैं आएको संस्थाका एक शेयर सदस्यले वताएका छन  । किसानको माग अनुसार कृषि सामग्रीले मल दिन नसकेपछि मलको  अभाव बढ्दै गएकाले चितवनबाट मगाएर मल  विक्री गरेको नेकपा एमाले गजुरीका सचिव समेत रहेका सहकारी संस्थाका सचिव माधव भण्डारीले वताएका छन  । प्रति वोरा एक हजार सात सय पचहत्तर रुपयांमा संस्थासम्म मल आईपुगेको अध्यक्षले जानकारी दिएपनि वील भने संस्थामा नबुझाएको सचिव भण्डारीको दावी छ ।
    सहकारी संस्था बिरुद्ध कालो बजारी गरेको मुद्दा परेकोले सहकारी संस्था अध्यक्ष र प्रवन्धकलाई हिरासतमा लिई छानविन शुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक राजकुमार थिङले जानकारी दिए । जिल्ला भित्र सेवाको नाममा कालो बजारी गरेको सुचनाहरु प्राप्त भईरहेकाले अनुगमन गरी बालो बजारी ऐन अन्तरगत मुद्दा चलाउने सहायक प्रमुख जिल्ला अधिकारी एंव निरिक्षण अधिकृत पौडेलको भनाई छ । 

No comments:

Post a Comment

vfhcnbn

vggc