धादिङ, भदौं १५ - दैनिक उपभोग्य सामाग्रीको बिक्रि वितरण गर्ने गरि
संचालनमा ल्यार्ईएको पसलवाट खुलेआम रुपमा लागु औषध गाँजाको विक्री बितरण
भएको पाईएपछि धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा प्रहरी प्रशासनका लागि थप
चुनौति बढेको छ । प्रभावकारी अनुगमन हुन नसक्दा राजमार्ग क्षेत्रका
होटलहरुमा मात्रै होइन किराना पसलहरुमा समेत गैर कानूनी कृयाकलापले
प्राथमिकता पाउन थालेको हो ।
राजमार्ग क्षेत्रका होटल तथा किराना पसलहरुको अनुगमनका लागि खटिएको टोलीले
धादिङको थांक्रे गाविस वडा नम्बर ९ धार्केमा रहेको बन्दना स्टोरवाट अबैध
लागु औषध गांजा बिक्रि बितरण हुने गरेको फेला पारेको छ ।
किराना तथा कोल्ड स्टोरका रुपमा सञ्चालनमा रहेको पसलवाट गांजा बिक्रि बितरण भईरहेको भेटिएपछि प्रहरीले पसल संचालक उमादेवी गजुरेल र पसलका कामदार दुई जना युवकलाई पक्राउ गरेको छ ।
राजमार्ग क्षेत्रका होटल तथा पसल अनुगमनका लागि शुक्रवार धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा खटिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल नेत्तृत्वको अनुगमन टोलीले गजुरेलको किराना पसलवाट बिक्रिका लागि तयारी अवस्थामा राखिएको १ सय ७० ग्राम लागु औषध गाँजा भेटेको हो ।
पसलवाट नियमित रुपमा गांजा विक्रिहुने गरेको पसलका कामदारहरुवाट जानकारी पाएपछि प्रहरीले अनुसन्धानका लागि पसल बन्द गराई पसल संचालक र पसलका कामदार दुई जना युवालाई पनि नियन्त्रणमा लिई छानविनका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको छ । नियन्त्रणमा रहेकाहरुलाई आवश्यक छानविन गरि लागु औषध गांजा बिक्रि बितरण गरेको कसुरमा कारवाही अघि बढाइने बताईएको छ ।
यसैगरी अनुगमन टोलीले शुक्रवार धादिङ जिल्लाको नौविसे, धार्के, कोईराले, एक्लेफांट र मास्टार क्षेत्रमा संचालित होटलहरुको अनुगमन गर्दा अधिकांश होटलले सामान्य मापदण्ड पुरा नगरेको मुल्य सुचि नराखिएको, सरसफाईमा ध्यान दिन नसकेको र सेवाग्राही यात्रुहरुलाई राम्रो व्यवहार नगरेको पार्ईएपछि यस क्षेत्रका एक दर्जन होटललाई एक हप्ताभित्रमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनका लागि संचालकलाई पत्र दिईएको अनुगमन समितिका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले वताउनुभयो ।

No comments:
Post a Comment