धादिङ,२३ भदौ । जिल्लाको शिक्षा क्षेत्रको उन्नयनका लागि खोजमुलक पत्रकारिताको माध्यमवाट उल्लेखनिय योगदान पु¥याएको भन्दै धादिङ जिल्लाका विभिन्न एघार वटा सचारगृहलाई सम्मान गरिएको छ ।
राष्ट्रिय शिक्षा दिवस २०६९ तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर जिल्ला शिक्षा कार्यालयले जिल्लाका संचारगृहलाई सम्मान गरेको हो । यसरी सम्मानित हुने छापामाध्यम तर्फ नेत्रावती,पाविल,मंगलप्रभात किरण र जनमुक्ति मार्ग साप्ताहिकका साथै धादिङ आवाज र प्रत्यूष दैनिक रहेका छन । यसै गरि बिद्युत्तिय संचारमाध्यम तर्फ धादिङ, लोकतन्त्र, बिहानी,कृषि र राजमार्ग एफ एम रहेका छन । शतप्रतिशत विद्यार्थी उत्र्तिण गराउँदैमा शिक्षाको गुणस्तरमा सुधार नआउने भन्दै व्यवहारिक जीवनमा उपयोगी शिक्षातर्फ सबैले ध्यान दिनुपर्नेमा शनिवार धादिङबेसीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । समुन्नत समाज, परिष्कृत संस्कार र शिक्षा विकासको आधार भन्ने मुल नाराका साथ मनाईएको राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्यि साक्षरता दिवस कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसले शैक्षिक लक्ष्य प्राप्तिका लागि जिल्ला देखि विद्यालय तहसम्मका सम्पूर्ण शैक्षिक क्रियाकलापलाई केन्द्रित गरिनुपर्ने, शैक्षिक लक्ष्य र उपलब्धिका आधारमा जवाफदेहिता र उत्तरदायित्व वहन गरिनुपर्ने लगायतका काममा जोड दिनुपर्ने शिक्षा क्षेत्रका सरोकारवालाहरुको भनाई थियो ।
शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय धादिङले धादिङबेसीमा शैक्षिक प्रतिवद्धता सहित २७ बुदे घोषणापत्र जारी गरेको छ । विद्यालय शान्तिक्षेत्र कार्यक्रमलाई विद्यालय तहसम्म वास्तविक कार्यान्वयनमा ल्याई विद्यार्थीहरूको निर्वाध पठनपाठनको अधिकारलाई प्रत्याभूत गरिने, जिल्लामा प्राप्त शिक्षा क्षेत्रको स्रोतलाई विपन्न, सुविधाको पहुँचबाट टाढारहेको क्षेत्र र वर्गलाई प्र्राथमिकतामा राखी सामाजिक न्यायका आधारमा काम अघि बढाइने घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र सार्वजनिक गर्दै जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले आर्थिक अनुशासन कायम गर्न विद्यालयमा जाने अनुदान व्यवस्थित एवम् पारदर्शी बनाइनुका साथै विद्यालयमा हुने हरेक क्रियाकलापहरूमा सुशासन कायम राख्दै स्रोतलाई नतिजामुखी कार्यमा उपयोग गरिने बताए ।
कार्यक्रममा जिल्लाको शैक्षिक विकासमा योगदान पु¥याउने विभिन्न विद्यालयका २३ जना शिक्षक, ५ जना अवकास हुन लागेका शिक्षक, ३ जना विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान गरिएको छ । त्यस्तै गरि जिल्लाको सामुदायिक विद्यालयतर्फ गत बर्षको प्रवेशिका परिक्षामा सर्वोउत्कृष्ठ अंक ल्याउने २ जना छात्रछात्राका साथै सस्ंथागत विद्यालयतर्फबाट प्रथम हुने २ जना छात्रछात्राहरुलाई नगद रु २५ सय सहित प्रशसांपत्र प्रदान गरिएको थियो । यसै गरि जिल्लाका विभिन्न ११ वटा संचारगृहलाई पनि शेक्षिक विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।



No comments:
Post a Comment