Friday, September 14, 2012

१० वर्षपछि ब्युंतियो धादिङमा साहित्यिक बिसौनी

धादिङ, भदौ २९ – बस्नका लागि कुर्सी थिएनन् । नत घाममा ओत लाग्ने ठाउँ नै । अतिथीका लागि भनेर कुनै आसन बनाईएको थिएन । थियो त केवल लज्जावती झारले भरिएको भानुपार्कको खुल्ला चौर ।
चौरमा पलेंटी कसेर बसेका थिए दुई दर्जन भन्दा बढी साहित्य सर्जकहरु । ओझेलमा पर्दै गएको साहित्यिक अभियानलाई नियमित गर्न त्रिवेणी साहित्य समाज धादिङले दश वर्षपछि ब्युँत्याएको मासिक साहित्यिक बसाईको दृश्य हो यो ।

बसाईको पहिलो कार्यक्रम शुक्रबार धादिङबेसीको भानुपार्कमा सम्पन्न भएको छ । कार्यक्रममा धादिङ साहित्य समाजका अध्यक्ष एवम वरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अज्र्याल, धादिङ साहित्य समाजका सचिव नविनबन्धु पहाडी, अग्रज पत्रकार राजेन्द्रप्रताप शाहका साथै जिल्लाका साहित्य सर्जक र सञ्चारकर्मीको उपस्थिती रहेको थियो । बसाईका सहभागीले  आ–आफ्नो रचना वाचन गर्दै धादिङको साहित्य अभियानलाई पूर्नजागरण गर्नुपर्ने बताए ।
अनौपचारिक तर सभ्य बसाई । सशस्त्र द्वन्द्व शुरु हुनुभन्दा अघि धादिङ साहित्य समाज, पाविल साहित्य परिवार, गोधुली साहित्य समाज लगायत धादिङ जिल्लाका साहित्यिक संस्थाहरुले गाउं गाउंमा पुगेर प्रतिभाको प्रष्फुटनका लागि अभियान चलाउने गरेका थिए । युद्ध सुरु भएपछि रोकिएको अभियान मुलुकमा शान्तिप्रकृया सुरु भएको यतिका बर्ष सम्म पनि चल्न नसकेपछि त्रिवेणी साहित्य समाजले अभियानलाई निरन्तरता दिन बसाईको सुरुवात गरेको हो ।
एक दशक अघिको विसौनी कार्यक्रमलाई बिर्सन नदिन आफुहरुले अब देखि हरेक महिनाको अन्तिम शुक्रवार फरक फरक ठाउंमा पुगेर स्थानीय साहित्यअनुरागीहरुको सहभागितामा बसाई कार्यक्रमलाई निरन्तरता दिने  त्रिवेणी साहित्य समाजका कपिलदेव सापकोटाले बताए ।

No comments:

Post a Comment

vfhcnbn

vggc