Tuesday, September 18, 2012

राजमार्गमा सक्रिय लुटेरा पक्राउ



धादिङ,२ असोज - धारिलो हतियार देखाई धादिङ जिल्ला नौविसे गाविसको टायलघर स्थित  त्रिभुवनराजथवाट ट्रक चालकलाई लुटेको आरोपमा ५ जना युवालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 
सोमवार राती २ वजे तिर काठमाडौवाट हेटौडा जांदै गरेको ना ३ ख ३९४१ नम्बरको ट्रकका चालक मकवानपुर जिल्ला हांडीखोला घर भएका देवलाल स्याङतानलाई नियन्त्रणमा लिई धारिलो हतियार देखाई लुटेर भाग्दै गरेका ५ जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय धादिङले  सार्वजनिक गरेको हो ।

लुटेरा समुहले ट्रक चालक स्याङतानवाट नगद ४७ हजार रुपैयाँ नगद र ५ हजार मुल्यपर्ने नोकिया मोवाइल एक थान लुटेर भागेका थिए । आफू लुटिएपछि इलाका प्रहरी कार्यालय खानीखोलामा आएर स्याङतानले घटनाको वारेमा जानकारी दिए लगत्तै घटनास्थल पुगेको प्रहरीले लुटिएको रकम भागवण्डा गर्दै गरेको अवस्थामा लुटेराहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
पक्राउ परेका लुटेराहरुमा धादिङ जिल्ला भुमेस्थान गाविस वडा नम्बर ५का १८ बर्षिय सन्तोष तामाङ,धादिङकै नौविसे गाविस वडा नम्बर ३ का २० बर्षिय सुदिप भुजेल,मकवानपुर जिल्ला टिष्टुङ गाविस वडा  नम्बर ९ का १८ बर्षिय नवराज तामाङ र बिरवहादुर तामाङ यसै गरि काठमाडौ कुलेश्वरका २४ बर्षिय प्रकाश पाठक छन ।

प्रहरीले लुटेरासमुह सगै उनिहरुवाट लुटिएको रकम नगद ४७ हजार , तीन थान मोवाइल सेट र ड्राईभरलाई नियन्त्रणमा लिन प्रयोग गरिएको चक्कु समेत सार्वजनिक गरेको छ । लुटेरा समुहलाई आवश्यक कानूनी कारवाहीका लागि थुनामा राखी अनुसन्धान गरि अदालत समक्ष बुझाइने प्रहरी नायव उपरिक्षक खनालले वताउनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc