Friday, September 21, 2012

पूर्व लडाकु बताउनेले ३ वटा ट्रक जलाए



धादिङ, असोज ५ –आफुलाई बहिगर्मित जनमुक्ति सेना बताउने एक समूहले शुक्रवार बिहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छुट्टाछुट्टै ठाउँमा ३ वटा मालवाहक ट्रकमा आगजनी गरेको छ । धादिङको भुमेस्थान गाविस ६, सिम्ले र बेनिघाट गाविसमा गरी ३ वटा ट्रकमा आगजनी भएको हो ।


हातमा हसिया हथौडा अंकित झण्डा र हतियार सहित आएका करिब ३० जनाको समूहले सडकमा अवरोध गरी चालकलाई ट्रकवाट बाहिर निकालेर मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । विरगञ्जबाट चिनी लिएर काठमाडौ आउँदै गरेको ना ३ ख ८८३७ नम्बरको ट्रकलाई सिम्लेमा आगजनी गर्दा ट्रकको अघिल्लो भाग र इन्जिन जलेर क्षति भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । त्यसै समूहले ना २ ख ४६१६ नम्बरको वियर बोकेको ट्रकमा समेत सिम्लेमा नै आगो लगाएका छन् । उनीहरुले चालकसंग मोवाइल लुटी आगो लगाइदिएको ट्रकका मालिक मलेखुका हिरा त्रिपाठीले बताउनुभयो ।

यसैगरी आफुलाई बहिगर्मित जनमुक्ति सेना बताउने अर्को समूहले शुक्रवार विहान साँढे तीन बजेतिर बेनिघाट गाविसको विशालटारमा भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको लु १ ख ६०२३ नम्बरको ट्रक पनि जलाएको बेनिघाट प्रहरी चौकीले जनाएको छ । घटनाको आधिकारिक जिम्मेवारी कसले नलिएको पनि प्रहरीले जनाएको छ ।

शान्ति तथा पुननिर्माण मन्त्रालयमा बिहीबार भएको वार्तामा बहिर्गमित जनुमक्ति सेना नेपालको माग बमोजिम प्याकेज उपलब्ध गराउन विगतमा भएका सहमति कार्यान्वयनमा ठोस पहल गर्ने, प्रहरी नियन्त्रणमा रहेका बहिर्गमित लडाकूहरुको विवरण शान्ति मन्त्रालयमा बुझाउने र अर्को वार्तामा गृह मन्त्रालयका प्रतिनिधिसहित छलफल गर्ने सहमति भएपछि बहिगर्मित लडाकूहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको घोषणा गरेका थिए  ।

बहिगर्मित जनमुक्ति सेना र सरकारका प्रतिनिधिवीच भएको वार्ता सफल भएपछि वन्दको कार्यक्रम फिर्ता भएको वताइर्एपनि यस सम्वन्धि जानकारी तल्लो तहका कार्यकर्तालाई नभएको कारण घटना भएको हुन सक्ने अनुमान छ । यता एकीकृत नेकपा माओवादी धादिङ र नेकपा–माओवादीका जिल्ला नेताहरुले आगजनीमा आफ्नो पार्टीको कार्यकर्ता संलग्न नभएको स्पष्ट पारेका छन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc