धादिङ, असोज ९ – धादिङमा पहिलो पटक डेंगु रोगका बिरामी भेटिएका छन् ।
लामखुट्टेको टोकाई पछि देखा पर्ने डेंगु रोगका विरामी धादिङ जिल्लामा पनि
पहिलो पटक भेटिएका हुन् । दुई हप्ता यता प्रकोपका रुपमा देखा परेको भाईरल
ज्वरोवाट थलिएर उपचारका लागि जिल्ला अस्पताल पुगेका मध्ये अत्याधिक ज्वरो
देखिएका केहि विरामीको रक्त परिक्षण गर्दा एक जना युवतीको रगतमा डेंगुको
जिवाणु फेला परेको हो ।
मुरलीभन्ज्याङकी १७ बर्षिया एक युवतीमा डेंगुको संक्रमण भेटिएपछि उनको थप
उपचारका लागि काठमाडौंको टेकुमा उपचार भएको छ । जिल्लामा पहिलो पटक डेंगुको
संक्रमण देखिनुले स्वास्थ्य कार्यालय र नागरिकलाई समेत सशंकित भने वनाएको
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक बिष्णु रिजालले बताउनु
भयो ।
चिकित्सकहरुका अनुसार ‘एडिस एजप्टाई’ नामको लामखुट्टेले टोकेपछि डेंगु रोग
लाग्ने भएकाले लामखुट्टेबाट बच्न सुत्दा झुलको प्रयोग गर्ने, लामा बाहुला
भएको कपडा मात्र लगाउने, सांझ बिहान घर बाहिर ननिस्कने, घर वरिपरी पानी
जम्न नदिने र फोहोर भएमा तत्काल हटाउने जस्ता कार्य गरेमा लामखुट्टे
नियन्त्रण गर्न सकिन्छ ।




No comments:
Post a Comment