धादिङ, माघ १२ – धादिङको जोगिमारा गाविस २ ताक्थली गाउँमा एउटा घरमा
आगलागी हुँदा दुई जना वालिकाको जलेर ज्यान गएको छ । घरमा अभिभावक नभएको
बेला शुक्रबरा साँझ साढे ५ बजेतिर लागेको आगोमा परेर ताक्थली गाउँका कविराज
चेपाङका दुई छोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कविराज चेपाङको छोरीहरु ३ वर्षिया सम्झना र डेढ बर्षिया अन्जना छन् ।
अभिभावक घर वाहिर रहेको बेला आगलागी भएपछि घर भित्रै खेलीरहेका ८ र ६
बर्षका दुई छोरा घरवाहिर निस्कन सफल भएपनि घरमा सुतिरहेका ३ बर्षिया सम्झना
र डेढ बर्षिया अन्जनाको भने अगोमा परेर ज्यान गएको छिमेकीहरुले बताएका छन ।
घरभित्रबाट कसरी आगो निस्कियो भन्ने बारेमा केही खुल्न सकेको छैन ।
आगलागीबाट घर पूर्ण रुपमा जलेको छ । घटनास्थल पृथ्वी राजमार्गबाट करिब ३ घण्टाको पैदलयात्राको दुरीमा पर्छ ।
घटनाको जानकारी आएपछि प्रहरी चौकी जोगिमाराबाट प्रहरीको एक टोली घटनास्थल
पठाईएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरीका निरिक्षक विनोद घिमिरेले
बताउनुभयो ।



No comments:
Post a Comment